शाश्वत सत्य : सुदन लुइँटेल (कविता )
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ ३।
जम्मा एक मृत्युदेखि बच्न धेरै मृत्युसँग लडिन्छ
एउटा जिन्दगी जिउन यहाँ कैयौँ जिन्दगी छोडिन्छ
सहज जिन्दगी खोज्दा खोज्दै काँडै काँडा भेटिन्छ
टालटुल गर्न गर्दा पनि आखिरमा मृत्यु शय्यामा लेटिन्छ
जन्म-मृत्युको दोसाँधमा जिन्दगी नराम्रोसँग अल्झिदिन्छ
शरीर त प्रकृतिको एक रुप हो, सबै आत्मामै बल्झिदिन्छ
लामो यात्रा हिँड्न खोज्दा कति जिन्दगी बीचमै टुंगिन्छ
छोटो-लामो जुनसुकै होस्, अन्तिममा मृत्युमै पुगिन्छ
यत्रतत्र सर्बत्र जताततै जिन्दगी नै जिन्दगी देखिन्छ
जहाँ जिन्दगी नै जिन्दगी छ त्यही पलपलमा मृत्यु भेटिन्छ
तपाइँको प्रतिक्रिया ।