काठमाडौं महानगरपालिकाले कोरोना विरुद्धको खोप केन्द्र तोक्यो ,कहाँ कहाँ छ केन्द्र ?

काठमाडौं महानगरपालिकाले कोरोना विरुद्धको खोप केन्द्र तोक्यो ,कहाँ कहाँ छ केन्द्र ?

कपन अनलाइन

काठमाण्डौ ,बैशाख ३१।

दोस्रो चरणको कोभिड–१९ विरुद्धको खोप अभियानका लागि काठमाडौं महानगरपालिकाले ३२ वटा खोप केन्द्र तोकेको छ । खोप अभियान जेठ २ गतेदेखि ११ गते सम्म  सञ्चालन हुनेछ ।
शुक्रबार महानगरपालिकाले खोप केन्द्र र समन्वयकर्ताको विवरण सार्वजनिक गर्दै चैत २५ देखि वैशाख १५ गतेसम्म भेरोसिलको पहिलो मात्र लगाएका १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका नागरिकलाई दोस्रो मात्राको खोप दिने तयारी गरेको हो ।
यसका लागि महानगरभित्रका ३२ वटै वडामा खोप केन्द्र तोकिएको छ । महानगरपालिकाले परिचय खुल्ने फोटोसहितको परिचयपत्र देखाएपछि तोकिएकामध्ये पायक पार्ने अस्पतालमा खोप लगाउन सकिने जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।