शनिबार बाहेक प्रत्येक दिन कागेश्वरीको मुलपानी नगर अस्पतालमा कोरोना परिक्षण हुने

शनिबार बाहेक प्रत्येक दिन कागेश्वरीको मुलपानी नगर अस्पतालमा  कोरोना परिक्षण हुने

कपन अनलाइन 

काठमाडौं बैशाख ३१। कागेश्वरी मनोहरा नगरपालिकाले संचालन गरेको मुलपानी नगरअस्पतालमा प्रत्येक दिन  (शनिबार बाहेक )बिहान १० बजे देखि अपरान्ह २ बजे सम्म  कोरोनाको Antigen/PCR  बिधि मार्फत परिक्षण हुदै आएको छ ।२०७८ बेशाख ३० गते कागेश्वरी मनाेहरा नगरपालिकाकाे मुलपानी नगर अस्पतालमा  ८८ जनाको स्वाब संकलन गरि एन्टीजेन  प्रबिधि  बाट परिक्षण गर्दा २६जनाको रिपोर्ट पोजेटिभ आएको र ११ जनाको स्वाब संकलन गरि पी सी आर परिक्षणको लागि टेकु पठाइएको र त्यसको रिपोर्ट आज आउने  पनि नगरपालिका प्रमुख     कृष्णहरि थापाले  जानकारी गराए ।पछिल्लो समय नगरपालिकामा कोरोनाको संक्रमण  दर बढ्दै  गए पछि नगरपालिकाले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि बिभिन्न प्रयासहरु गरिरहेको छ ।

नगरपालिकाले संचालन गरेको मुलपानी नगर अस्पतालको क्षमता बृद्दि गर्नको लागि पनि पहल गर्दै आएको नगर प्रमुख  थापाले कपन अनलाइनलाइ जानकारी गराए ।मुलपानी नगर अस्पतालमा ३ करोडको लगानीमा अक्सिजन प्लान्ट जडान गरिने भएको छ  ।नगरपालिकाको बिहिबार सम्पन्न ६९ औं नगरकार्यपालिकाको आकस्मीक बैठकले नगर अस्पतालको लागि अक्सिजन प्लान्ट गरिद गर्न ३ करोड छुट्याउने र खरिद प्रकृया अगाडि बढाउने निर्णय गरेको पनि जानकारी गराए  ।

तपाइँको प्रतिक्रिया ।