निषेधाज्ञाको बिचमा दक्षिणकाली नगरपालिकाले आकस्मिक बजार अनुगमन गर्यो

निषेधाज्ञाको बिचमा दक्षिणकाली नगरपालिकाले आकस्मिक बजार अनुगमन गर्यो

कपन अनलाइन

काठमाडौं, बैशाख ३१ ।दक्षिणकाली नगरपालिकाले बजार अनुगमन गरेको छ ।बजारमा ब्यबसायिक अनियमितता भएको भन्ने नगरबासीको गुनासोलाई मध्यनजर गर्दै दक्षिणकाली नगरपालिकाको उपभोक्ता हित संरक्षण समितीको संयोजक समेत रहेकी  नगर उपप्रमुख बसन्ती डंगोल तामाङको  नेतृत्वमा बजार अनुगमन गरिएको हो।

निषेधाज्ञाको समयमा हुन सक्ने मुल्यवृद्धि, कालोबजारी तथा कृत्रिम अभाव नियन्त्रण गर्न अनुगमन गरेको नगरपालिकाले जनाएको छ  ।निषेधाज्ञाको पालना गर्न व्यवसायीहरूलाई पनि आग्रह गरेको र देश गम्भीर संकटमा रहेका बेला हुन सक्ने अवाञ्छित गतिविधि रोक्न आग्रह गरिएको थियो ।

अनगमनको क्रममा केहि अनियमितता  र स्वास्थ्य मापदण्ड पालना  नगरेको पाइए संगै सचेत गराइएको नगरपालिकाले जनाएको छ ।हालको कोरोनाको यो बिषम परिस्थितीमा नाफा कमाउने उद्देश्यले मात्र ब्यबसाय संचालन नगरि मानविय भावना राखी आफु बांच्न र अरुलाई बचाउन लागी पर्नको लागी दक्षिणकाली नगरपालिकाले अनुरोध गरेको नगर उप प्रमुख बसन्ती डंगोल तामाङले कपन अनलाइनलाइ जानकारी गराइन ।अनुगमनमा नगरपालिकाका कर्मचारीहरुको समेत सहभागित रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।