आज २०७८ बैशाख ३१ : जनताको सेवामा स्थानीय जनप्रतिनिधिका चार वर्ष
कपन अनलाइन
काठमाण्डौ ,बैशाख ३१।
२०७४ शाल बैशाख ३१ गते आजको दिन स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो। चार वर्ष अगाडी आजको दिन स्थानीय तहको निर्वाचनमा मतदान भएको थियो।
करिव २० वर्षको अवधि पछी भएको सो निर्वाचनमा जनताको उत्साहजनक सहभागिता रहेको थियो भने सोहि दिनमा चुनावी मैदानमा उत्रिएका हजारौ जनप्रतिनिधिहरुको राजनीतिक भविष्यको पनि फैसला भएको थियो।
स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिहरुको योजन तथा कार्यक्रमहरुका वारेमा विशेष सामाग्री तयार पारेको कपन अनलाइनले जनप्रतिनिधिका चार वर्ष का वारेमा विशेष सामाग्रीको तयारी गरे पनि कोरोना प्रकोपले त्यो सफल हुन् सकेन। किनकी अहिले स्थानीय तहका जनप्रतिनिधिहरु विकास भन्दा पनि अक्सिजल ,आइसोलेसन र उपचारमा अति व्यस्त रहेका छन।
माथीका दुई तहका सरकारले थिचेका र तलका जनताको अपेक्षाले पेलेका स्थानीय तहका जनप्रतिनिधिहरुले आफ्ना कामको परिणाम र हिसाव निकाल्दै एक वर्ष पछी पछी हुने निर्वाचनको प्रचारमा लाग्नुपर्ने बेलामा विस्वब्यापी महामारी संग कठिन संघर्ष गर्नु परिरहेको छ।
कोरोना प्रकोप संग अहले अग्रमोर्चामा रहेर लडिरहेका जनप्रतिनिधिहरु संग अव लगभग १० महिनाको समय रहेको छ। आगमी वर्षको बैशाखमा नया निर्वाचन हुने भएकोले स्थानीय तहमा काम देखाउने र गर्ने अन्तिम चरण शुरु भएको छ।
२०७४ शालमा भएको स्थानीय तहको निर्वाचनमा निर्वाचित हुदै संघीय नेपालको पहिलो स्थानीय सरकारका रुपमा रहेका नगरपालिका तथा गाउँपालिकाहरु अहिले जनाताहरु संग सिधै जोडिने भरपर्दो माध्यम हुन्। अहिले उनीहरु तल्लो तहमा रहेका जनताको आवाज सुन्ने पहिलो तह हुन् भने संघीय र प्रदेस सरकारको नीति र कार्यक्रमको कार्यन्वयन गर्ने जगका रुपमा रहेका छन।यस्तो गहन अवस्थामा विकास भन्दा पनि मानवीय उद्दार र सहयोगमा उनीहरुको समय व्यतित हुने गरेको छ।
अहिले स्थानीय तहका जनप्रतिनिधिहरुको दैनिक तालिकामा पुरै परिवर्तन आएको छ।हिजो विकास र बजेटका वारेमा कुदिरहेका उनीहरु अहिले राहत वितरण ,तथ्यांक संकलन,आपतकालीन उद्दार र संक्रमण रोकथाममा सक्रिय रहेका छ। जनप्रतिनिधिहरुले अहिले जनताको पेट भर्न पहल गर्ने देखि केन्द्रिय सरकारका कार्यक्रम लागु गर्नुपर्ने सम्मको जिम्मेवारी बहन गर्नु परिरहेको छ।