ओखलढुंगामा यज्ञराज सुनुवार र रामहरी खतिवडाको खोजी …

ओखलढुंगामा यज्ञराज सुनुवार र रामहरी खतिवडाको खोजी …

कपन अनलाइन

ओखलढुंगा  ,बैशाख ३१।

ओखलढुंगा जिल्लामा कोरोना संक्रमितको कुल संख्या ३२ पुगेको छ। हिजो बिहिवार मात्र  ओखलढुंगा सामुदायीक अस्पतालमा गरिएको ११ जनाको एन्टिजेन परिक्षणका क्रममा ४ जनामा संक्रमण पोजेटिभ देखिएको छ।

ओखलढुंगा जिल्लामा सक्रमितहरुको शंख्या क्रमिक रुपमा बढ्दै जादा यसले आगामी दिनमा पार्ने जोखिम तर्फ भने प्रभावकारी तयारी गर्नुपर्ने समयमा जिल्लाको राजनीतिक नेतृत्व गरेका व्यक्तिहरु भने हराएको चर्चा चल्न थालेको छ।

प्रारम्भिक रुपमा कम संक्रमित देखिए पनि परिक्षणको दायरा बढाउदै लैजादा संक्रमित बढ्ने अवस्था हेर्दै जिल्ला प्रसासन कार्यालयले निषेधाज्ञा जारी गरिसकेको छ।

जिल्लामा कोरोना प्रकोपको नियन्त्रण र रोकथाम सबै लाग्नुपर्ने समयमा जिल्लाका प्रतिनिधि सभा सदस्य यज्ञराज सुनुवार र नेपाली कांग्रेसका नेता तथा संविधान सभा सदस्य रामहरी खतिवडा भने खास सक्रिय देखिएका छैनन।

कोरोना प्रकोपको पहिलो लहरमा भएको लकडाउन होस् कि अन्य कुनै पनि प्रकोप होस निकै प्रतिस्पर्धा गरेर मैदानमा उत्रिने यो दुई नेताको यस पटकको उदासिनता अहिले चर्चाको विषय बनेको छ।

प्रतिनिधि सभा सदस्य यज्ञराज सुनुवार नेकपा एमाले भित्र देखिएको विवादमा व्यस्त देखिन्छन भने खतिवडा सामाजिक संजालमा जन्मदिनको शुभकामना र श्रदान्जली दिनमै व्यस्त देखिन्छन।

कोरोना प्रकोपको दोश्रो लहरमा गरिएको निषेधाज्ञाका कारण नेपालका अन्य भाग बाट जिल्ला फर्कने धेरै जनामा संक्रमणको जोखिम रहकोले तिनीहरुको परिक्षण ,उपचार व्यवस्थापन,आपतकालीन स्वास्थ्य व्यवस्था,नियमित अक्सिजन आपूर्तिको प्रवन्ध जस्ता कार्यमा ध्यान दिनुपर्ने बेलामा निर्वाचित प्रतिनिधि,पुर्व प्रतिनिधि र स्थानीय तहका प्रतिनिधिले प्रभावकारी भूमिका देखाउन नसकेको भन्दै पटक पटक सामाजिक संजालहरुमा पनि असन्तुस्टी व्यक्त हुन् थालेका छन।

कोरोना प्रकोपको पहिलो चरणमा राहत वितरण ,परिक्षण र अन्य मानवीय सहायतामा सक्रिय रहेका स्थानीय तहहरु दोश्रो चरणमा योजना सुन्य रहेको अवस्थामा  जिल्लाका राजनीतिक दलका नेताहरु कोहि भवन निर्माणका लागि सहयोग संकलन मै मस्त देखिन्छन भने कोहि पार्टी कार्यालय भवनमा अध्यक्षको कुर्सि कब्जा गर्नमै व्यस्त देखिन्छन।

जिल्लाको सदरमुकाम रहेको सिद्दी चरण नगरपालिका र अन्य स्थानमा पनि संक्रमण फालिने खतरामा त्यसको रोकथामको पहल हुनुपर्ने बेलामा अहिले देखिएको अन्यौलताले विषम परिस्थिति निम्त्याउने जोखिम बढेको तर्फ सबैले ध्यान दिनुपर्ने जिल्लावासीहरुले माग गरेका छन।

 

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।