राष्ट्रिय जनमोर्चाले कृष्ण थापालाई संसदीय दलको नेताबाट हटायो

राष्ट्रिय जनमोर्चाले कृष्ण थापालाई संसदीय दलको नेताबाट हटायो

कपन अनलाइन

पोखरा,  वैशाख २९ । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनका लागि सहमति नदिएका कृष्ण थापालाई संसदीय दलको नेताबाट हटाएको छ ।

सचेतक पियारी थापाले प्रदेशसभा सदस्य थापालाई संसदीय दलको नेताबाट हटाएको पार्टीको निर्णय सभामुख नेत्रनाथ अधिकारीलाई जानकारी गराएकी हुन् ।

कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग मिलेर सरकार निर्माणमा समर्थन गर्ने निर्णयविरुद्ध कार्य गरेकाले दलको नेताबाट हटाएको पत्रमा उल्लेख छ ।

तपाइँको प्रतिक्रिया ।