शंखरापुर नगरपालिकामा कोरोना संक्रमितको संख्या १०१ पुग्यो, कुन वडामा कति संक्रमित ?

शंखरापुर  नगरपालिकामा कोरोना संक्रमितको संख्या १०१  पुग्यो, कुन वडामा कति संक्रमित ?

कपन अनलाइन

काठमाडौं, बैशाख २८। शंखरापुर नगरपालिकामा चैत्र २५ गते देखि बैशाख २७ गते सम्ममा ४५ जना महिला र ५३ जना पुरुष गरि कुल १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको जन स्वास्थ्य प्रवर्दन उप शाखा शंखरापुर नगरपालिकाले जनाएको छ। कुल संक्रमित मध्ये ३८ जना महिला र ५० जना पुरुष गरि ८८ जना सक्रिय संक्रमित रहेको जानकारी गराएको छ। हाल सम्म नगरपालिकामा १ जना पुरुष र १ जना महिला गरि २ जनाको कोरोनको कारण मृत्यु भएको छ भने  ६ जना महिला र ५ जना महिला गरि ११ जनाले कोरोना जितेको उल्लेख गरिएको छ  ।हाल सम्म ३३ जना महिला र ४५ जना पुरुष गरि कुल ७८ जना होम आइसोलेसनमा रहेका छन् भने ५ जना महिला र ५ जना पुरष गरि कुल १० जना अस्पतालमा रहेको पनि जानकारी गराइएको छ  ।

कुन वडामा कति संक्रमित?

वडा नं १ मा १ महिला र ४ पुरुष गरि कुल ५ जना

वडा नं २ मा १ महिला र ३ पुरष गरि कुल ४ जना

वडा नं३ मा २ जना महिला र ३ जना पुरुष गरि कुल ५ जना

वडा नं४ मा ७ जना महिला र ६ जना पुरुष गरि कुल १३ जना

वडा नं५ मा २ जना महिला र ३ जना पुरुष गरि कुल ५ जना

वडा नं ६ मा १२ जना महिला र ७ जना पुरुष गरि कुल १९ जना

वडा नं ७ मा ८ जना महिला र ९ जना पुरुष गरि कुल १७ जना

वडा नं ८ मा ३ जना महिला र ४ जना पुरुष गरि कुल ७ जना

वडा नं ९ मा ७ जना महिला र १२ जना पुरुष गरि कुल १९ जना त्यसै गरि अन्यमा २ जना महिला र ५ जना पुरुष गरि कुल ७ जनामा कोरोना संक्रमण पुष्टि भएको उल्लेख गरिएको छ ।कोरोनाको कहर पुन बढ्दै गए पछि थप सतर्कता अपनाउन नगर प्रमुख सुवर्ण श्रेष्ठले अनुरोध गरेका छन ।उनले सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्को प्रयोग  अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर  सहयोग गर्न अनुरोध गरेका हुन् ।

तपाइँको प्रतिक्रिया ।