बुढानिलकण्ठ -१३ सापाटारमा नेकपा एमालेको “तपाइको मास्क खै ?” अभियान
कपन अनलाइन
काठमाण्डौ , बैशाख २८।
बुढानिलकण्ठ -१३ सापाटारमा नेकपा एमालेको “तपाइको मास्क खै ?” अभियान अन्तर्गत हेल्प डेस्क स्थापना गरिएको छ। कोरोना प्रकोपमा वडावासीहरुलाई सुरक्षित राख्नका लागि सचेतना सहित संचालन गरिएको सो अभियान अन्य स्थानमा पनि जारी रहेको छ ।
वडावासीहरुको स्वास्थ्य र सुरक्षाका लागि संचालन रहेको उक्त अभियानमा वडा अध्यक्ष श्री कृष्ण श्रेष्ठ ,सदस्य मंगल नगरकोटी सहित अन्य सदस्यहरु तथा नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुको सक्रिय भूमिका रहेको थियो।
विषम परिस्थितिमा स्थानीयहरुको स्वास्थ्य सुरक्षा आफ्नो पार्टीको दायित्व रहेको बताउदै नेकपा एमाले बुढानिलकण्ठ -१३ का अध्यक्ष टिकेस नारायण श्रेष्ठले अन्य स्थानमा पनि अभियानलाई जारी राख्ने धारणा राखेका छन ।
तपाइँको प्रतिक्रिया ।