ओखलढुङ्गाको चम्पादेवी -९ ओख्रेनीमा चट्याङ लागेर एक जना गम्भीर घाइते

ओखलढुङ्गाको चम्पादेवी -९ ओख्रेनीमा चट्याङ लागेर एक जना गम्भीर घाइते

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २८ ।

ओखलढुङ्गाको विलन्दुमा चट्याङ लागेर एक गम्भीर घाइते भएका छन् । सोमबार अपराह्न परेको चट्याङ लागेर चम्पादेवी गाउँपालिका–९ विलन्दु खानीगाउँका मोतीबहादुर विक घाइते भएका हुन् ।गम्भीर घाइते विकको स्थानीय स्वास्थ्यकर्मीबाट उपचार भइरहेको छ ।

दिउँसो ३ः१५ बजेको समयमा परेको चट्याङले चम्पादेवी गाउँपालिका–९ ओख्रेनीका खड्गबहादुर कार्कीको घर जलेर नष्ट भएको छ ।

आगलागीबाट घरभित्र रहेका धनमाल, अन्नपात, लत्ताकपडा र भाँडाकुँडा जल्दा रु २० लाखभन्दा बढीको क्षति भएको वडा अध्यक्ष झम्कहरी बडालले जानकारी दिएका छन ।

दिउँसो ३ः१५ देखि शुरु भएको आगलागी प्रहरी र स्थानीयवासीको सक्रियतामा बेलुका ५ बजेमात्र नियन्त्रणमा आएको थियो ।

तपाइँको प्रतिक्रिया ।