टोखा नगरपालिकामा संक्रमण उच्च ,एकै दिन ६७४ जना कोरोना संक्रमित थपिए

टोखा नगरपालिकामा संक्रमण उच्च ,एकै दिन ६७४ जना कोरोना संक्रमित थपिए

कपन अनलाइन

काठमाडौँ, बैशाख २७।

पछिल्लो २४ घण्टामा टोखा नगरपालिकामा ६७४ जना कोरोना संक्रमित थपिएका छन् ।टोखा नगरपालिकाको कोभिड-१९ दैनिक रिपोर्ट अनुसार सोमबार संक्रमित पुष्टि हुनेमा ३३७ महिला र ३३७ पुरुष रहेका छन् ।

पुष्टि भएका संक्रमितहरु मध्य ५४८ जना होमआइसोलेसनमा, १७ जना अस्पतालमा र २ जना होटेलमा रहेका छन् भने ११७ जना अन्यको पहिचान खुल्न सकेको छैन् ।

सोमबार ५४ जनाको एन्टिजेन परीक्षण गरिएको छ । हाल टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र आइसोलेसन केन्द्रमा १६ जना संक्रमित रहेका छन् ।

टोखा नगरपालिकाले हप्ताको ३ दिन कोरोना संक्रमितको सम्पर्कमा आएकाहरुको निःशुल्क पीसीआ तथा एन्टिजेनबाट कोरोना परीक्षण समेत गर्दै आइरहेको छ । आइतबार टोखा – २ मा स्थित टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र, मंगलबार टोखा- ११ मा स्थित मनोहरा पार्टी र शुक्रबार टोखा -५ स्थित श्रीसमाज भवन बसुन्धारमा बिहान ११ बजेदेखि सञ्चालन गर्दै आइरहको छ ।

देशभर सोमबार संक्रमित पुष्टि हुनेमा ९ हजार २७१ जना रहेका छन् । हालसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या ९३ हजार १४१ पुगेको छ । यस्तै स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १३९ जनाको कोरोनाबाट मृत्यु भएको छ भने ४ हजार ७ जना डिस्चार्ज भएका छन् ।

तपाइँको प्रतिक्रिया ।