बुढानिलकण्ठ नगरपालिकाका प्रमुख सल्लाहकार सुन्दर पुर्कुटी दलित आयोगको सदस्यमा सिफारिस

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख सल्लाहकार सुन्दर पुर्कुटी दलित आयोगको सदस्यमा सिफारिस

कपन अनलाइन

काठमाडौँ, बैशाख २७।

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख सल्लाहकार सुन्दर पुर्कुटी दलित आयोगको सदस्यमा सिफारिस भएका छन। बैशाख २६ गते बसेको संबैधानिक परिषदको बैठकले पुर्कुटीलाई आयोगको सदस्यमा सिफारिस गरेको थियो।

लामो समय देखि नेपालका दलित तथा उत्पीडितहरुको हक ,अधिकार र शशक्तिकरणका लागि सक्रिय रहेका पुर्कुटीले  उपेक्षित उत्पीडित वर्ग उत्थान विकास समितिको कार्यकारी निर्देशक रहेर काम गरिसकेका छन।

संबैधानिक निकायका रुपमा रहेको दलित आयोगको सदस्यमा सिफारिस भएका सामाजिक र दलित आन्दोलनमा सक्रिय पुर्कुटी  संसदीय समितिमा हुने सुनुवाई पश्चात नियुक्त हुनेछन।  संबैधानिक निकायमा परिषद बाट सिफारिस भएका पदाधिकारी तथा सदस्यहरुको नियुक्ति संसदीय समितिमा सुनुवाई पश्चात गरिने संबैधानिक व्यवस्था रहेको छ।

तपाइँको प्रतिक्रिया ।