नेकपा एमालेका गद्दार सांसदहरूको जति निन्दा गरे पनि कम हुन्छ : प्रधानमन्त्री केपी ओली

कपन अनलाइन

काठमाडौँ, बैशाख २७।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत दिनुपर्छ भनेर संसद बहिष्कार गर्ने नेकपा एमालेका गद्दार सांसदहरूको जति निन्दा गरे पनि कम हुने बताएका छन  । मन्त्रिपरिषद्ब बैठकमा परिषद्का सदस्यहरूसँग विश्वासको मतको समिक्षा गर्दै प्रधानमन्त्रीले गद्दार गर्नेहरूको जति निन्दा गरे पनि कम हुने बताउनुभएको मन्त्रीपरिषद्मा सहभागी एक मन्त्रीले जानकारी दिए  ।

उनले सत्ता पक्षका सांसदले सरकारको पक्षमा मतदान नगर्नु गद्दारीपूर्ण घटना भएकोले यसमा क्षमा हुन नसक्ने बताए  । उनले अझै पनि आफ्नो रोडम्यापमै मुलुकको राजनीति अघि बढ्यने बताउनुभयो । उहाँले अझै मुलुकको राजनीति आफ्नो रोडम्यापमा चल्ने जानकारी गराएको प्रधानमन्त्री ओलीले व्यंगात्मक रूपमा मन्त्रीहरूलाइ मिठाइ खाए पनि लड्डु चाहिँ नखानु भन्नुभएको ती मन्त्रीले जानकारी दिए  ।

तपाइँको प्रतिक्रिया ।