चन्द्रागिरीमा अक्सिजनसहितको नगरस्तरीय आइसोलेशन निर्माण हुने

चन्द्रागिरीमा अक्सिजनसहितको नगरस्तरीय आइसोलेशन निर्माण हुने

कपन अनलाइन

काठमाडौँ, बैशाख २७। चन्द्रागिरी नगरपालिकाकाले नगरस्तरीय आइसोलेशन सेन्टर सञ्चालन गर्ने भएको छ । मातातिर्थ स्वास्थ्य चौकी परिसरमा नै आइसोलेशन सेन्टर सञ्चालन गर्ने  भएपछि स्वास्थ्य चौकीलाई वडा कार्यालयमा सारिने भएको छ । चन्द्रागिरी नगरपालिका वडा नं. ८ मातातिर्थस्थित सामुदायिक अस्पतालको निर्माणाधीन भवनलाई आइसोलेशन सेन्टर बनाउन लागिएको हो ।

 मातातिर्थ बौथली चोकमा रहेको सामुदायिक अस्पतालको निर्माणाधीन भवनबाट आइसोलेशन सञ्चालनमा आएपछि नगरका अन्य वडामा पनि विस्तार गर्ने योजना रहेको वडा अध्यक्ष  खड्काले जानकारी दिएका छन् । सुरुमा अक्सिजनसहितको ३० शैय्याबाट एक सय शैय्याको आइसोलेशन सेन्टर बनाउने नगरपालिका सामाजिक विकास समिति तथा क्वारेन्टाइन तथा आइसोलेशन व्यवस्थापन समितिका संयोजक एवं वडा नं.८ का अध्यक्ष सन्तोष खड्काले जानकारी दिएका छन  । चन्द्रागिरी नगरपालिका वडा नं. ८ वडा कार्यालयले प्रयोग गर्दै आएको सरकारी गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने पनि अध्यक्ष खड्काले बताए । आइसोलेशन सेन्टर बनउन ढिलाई भएको भन्दै आलोचना भइरहेको समयमा व्यवस्थित र दीर्घकालिन आइसोलेशन सेन्टर बनाउन लागि परेको र जेठ १ गतेबाट सञ्चालनमा आउने नगरपालिकाको दाबी छ ।

 विशिष्ट चिकित्सक, स्वास्थ्यकर्मी लगायतको समूहले आइसोलेशनमा २४ घण्टा सेवा प्रदान गर्ने र विरामीको अवस्था हेरी आवश्यक परेमा बलम्बुस्थित सशस्त्र प्रहरी (एपीएफ) को अस्पतालमा थप उपचारका लागि समन्वय गरियको  चन्द्रागिरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राममणी घिमिरेले बताए । साथै नगरपालिकाका सबै क्षेत्रका बासिन्दालाई हुने गरी हाल एन्टिजेन परीक्षण भइरहेको र एक हजारको निःशुल्क पीसीआर परीक्षण गर्न लागिएको घिमिरेले जानकारी दिए ।

चन्द्रागिरी नगरपालिकामा हालसम्म दुई हजार ६ सय ६३ संक्रमित भइसकेको जसमध्ये २६ जनाको मृत्यु भएको छ । हाल चन्द्रागिरी नगरपालिकामा ३९० जना संक्रिय संक्रमित रहेको नगरापलिकाले जनाएको छ । सक्रिय संक्रमितमध्ये ३७१ जना होम आइसोलेशनमा र १९ जना अस्पतालमा उपचाररत रहेका छन यस्तै, आइसोलेशनका लागि थप पूर्वाधार बनाउँदै जाने चन्द्रागिरी नगरपालिका वडा नं. ८ का अध्यक्ष सन्तोष खड्काले जानकारी दिएका छन्नगरपालिकाले जेठ १ गतेबाट उक्त आइसोलेशन सञ्चालन गर्ने तयारी गरेको छ  । नगरपालिकामा कोरोना संक्रमितको संख्य बढेसँगै आइसोलेशन सेन्टर सञ्चालन गर्न लागिएको हो । चन्द्रागिरी नगरपालिका वडा नं. ८ मातातिर्थस्थित सामुदायिक अस्पतालको निर्माणाधीन भवनलाई आइसोलेशन सेन्टर बनाउन लागिएको हो ।

सुरुमा अक्सिजनसहितको ३० शैय्याबाट एक सय शैय्याको आइसोलेशन सेन्टर बनाउने नगरपालिका सामाजिक विकास समिति तथा क्वारेन्टाइन तथा आइसोलेशन व्यवस्थापन समितिका संयोजक एवं वडा नं.८ का अध्यक्ष सन्तोष खड्काले जानकारी दिए । चन्द्रागिरी नगरपालिका वडा नं. ८ वडा कार्यालयले प्रयोग गर्दै आएको सरकारी गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने पनि अध्यक्ष खड्काले बताए ।

तपाइँको प्रतिक्रिया ।