काठमाण्डौ उपत्यकामा थप १५ दिन निषेधाज्ञा गर्न सिफारिश
कपन अनलाइन
काठमाण्डौ ,बैशाख २७।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी), काठमाडौंले उपत्यकामा थप १५ दिन निषेधाज्ञा गर्न सिफारिश गरेको छ । काठमाडौंका मेयरहरुसँग सोमबार भएको छलफलपछि थप १५ दिन निषेधाज्ञा आदेश थप गर्न सिफारिश गरिएको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार यसलाई सीसीएमसीमा पठाएर निर्णय हुनेछ । यसका लागि भोलि मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्नेछ ।
कोभिड चेक जाँच गराउन किटको माग गर्ने, संक्रमितलाई सहयोग गर्ने, अप्ठेरोमा परेकालाई राहत तथा उद्दारका कार्यक्रम गर्ने निर्णय पनि डीसीएमसीले निर्णय गरेको छ ।
तपाइँको प्रतिक्रिया ।