इन्द्रायणी जात्रा रोकी नित्य र गुठि पुजा मात्र गर्न शंखरापुर नगरपालिकाको अनुरोध
कपन अनलाइन
काठमाडौं बैशाख २६ । शंखरापुर नगरपालिकाले जात्रा रोकी नित्य पुजा मात्र गर्न सार्वजनिक सुचना जारी गरेको छ।
नगर प्रमुख सुवर्ण श्रेष्ठले जारि गरेको उक्त सुचनामा २०७८ साल बैशाख २७ गते बाट शंखरापुर नगरपालिका ९ मा इन्द्रायणी जात्रा शुरु हुन लागेको हुँदा देशव्यापी रुपमा कोभिड १९ दोस्रो भेरीयन्ट तिब्र गतिमा फैलीइ रहेको हुँदा उक्त रोगले शंखरापुर नगरपालिकालाई नराम्रो संग गाँजेको हुँदा सो रोग बाट बच्नको लागि जात्रामा भिडभाड हुने भएको हुँदा जात्रालाई रोकी सामाजिक दुरी कायम गरि नित्य पुजा र गुठि पुजा मात्र गरि सम्पन्न गर्न अनुरोध गरिएको छ ।
तपाइँको प्रतिक्रिया ।