स्वास्थ्य सामग्री कालोबजारी गरेको अभियोगमा एक जना पक्राउ
कपन अनलाइन
काठमाण्डौ ,बैशाख २४।
कोरोना महामारीको समयमा स्वास्थ्य सामग्री कालोबजारी गरेको अभियोगमा एक जनालाई काठमाडौंमा पक्राउ गरिएको छ ।
महामारीमा बिरामीले प्रयोग गर्ने अक्सिमिटर तथा सेनिटाईजर कालोबजारी गरेको आरोपमा काठमाण्डौँ, क्षेत्रपाटीस्थित बीबीआर ईन्टरप्राइजेजका सञ्चालक भगवानबाबु राय राजपुत पक्राउ परेका हुन् ।
लाहान घर भएका ३४ वर्षका भगवान वावु राय राजपुतलाई महानगरीय प्रहरी परिसरबाट खटिएको विशेष टोलीले पक्राउ गरेको बताइएको छ । पक्राउ परेका राजपुतको साथबाट प्रहरीले ८ थान अक्सिमिटर र प्रति ग्यालिन ५ लिटर हालिएका १ सय २४ ग्यालिन सेनिटाईजर बरामद गरेको छ ।
उनलाई कालोबजारी ऐनअन्तर्गत महानगरीय प्रहरी परिसर काठमाडौबाट थप अनुसन्धान भइरहेको बताइएको छ ।
तपाइँको प्रतिक्रिया ।