नेकपा एमालेकाे राजनीतिमा युवाको भुमिका र आगामी यात्रा

नेकपा एमालेकाे राजनीतिमा युवाको भुमिका र आगामी यात्रा

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २४ /निराजन खतिवडा

आजकाे राजनीति नेतामुखि मात्रै भएकाे जस्तो देखिएकाे छ पार्टी भित्र विचाैलिया प्रवृत्ति हुर्किएकाे छ, अराजकता र तडकभडकमा अगाडि बढेको छ। आजकाे राजनीति र निर्वाचन प्रणाली महङ्गो बन्दै गएको छ सिमित पैसा भएका नेताहरु मात्रै राजनीतिमा आउने र चुनाव लड्ने खतरा पनि उत्तिकै बढेको छ। त्यसैले सरकार साथै पार्टी नेतृत्व तहले आजकाे गम्भीरतालाई बुझेर यो सम्पुर्ण प्रणाली सुधार गर्न निर्णायक कदम चाल्नुपर्छ।

पार्टीले युवालाई आ वश्यक ठाउँमा नेतृत्व प्रदान गर्ने,प्रशिक्षण गर्ने ,राजनीति बुझाउदै लाने र कुशल नेतृत्व उत्पादन गर्ने दिशामा पार्टी जानुपर्छ श्रमजीवी जनताको घरदैलोमा जनताको समस्या बुझ्न र जनताको समस्यामा मलम लाउन युवाहरु अग्रसर हुनुपर्छ।

साथै देशको राष्ट्रिय पुजी बृद्दि गर्न ,राेजगारी सिर्जना गर्न वा व्यवसायीकतामा जाेड दिन पार्टीले ध्यान दिनुपर्छ र युवा स्वयं पनि अग्रसर हुनुपर्छ। अधिकार प्राप्त गर्न लडेर लिनुपर्छ मागेर हैन। नेकपा एमाले सर्वहारा जनताको पार्टी भएको हुनाले युवाहरु नेताको मात्रै प्रिय हुनु हुदैन जनताको दैलाेमा बसेर या जनता र पार्टीको नीति अनुरुप अगाडि बढ्नुपर्छ र पार्टी र नेतृत्वले युवालाई उपयुक्त ठाउँमा परिचालन गरेर राष्ट्रिय पुजीकाे निर्माण गर्न राेजगारी र व्यवसायसग जाेडन सहयोग गर्नुपर्छ।

आज पार्टीमा सिद्धान्त विपरीत अन्तरसंघर्ष चलिरहेको छ यसले पार्टीलाई आम रुपमा क्षति पुगेको त छदैछ अझै जनतासामु गरेको वाचा पनि खतराकाे विन्दुमा पुगेको छ। विकास र समृद्धिले गति लिरहेकाे बेला पार्टी भित्र बाट पनि विकासलाई सकारात्मक प्रचार नगरिने र भ्रम मात्रै फैलाउने र सरकारलाई समेत असफल बनाउने काम पनि भैरहेको छ।

हरेक प्रणालीमा जनताको चाहाना धेरै हुने र सरकारले सम्पूर्ण चाहाना पुरा गर्न नसक्ने यो विश्वव्यापी कुरा हो तर सरकारले पनि जनताको समस्याका अगाडि आफ्ना जिम्मेवारीबाट पछाडि हट्न मिल्दैन र विकास प्रक्रिया पनि निरन्तर भैरहने प्रक्रिया हो। अहिले जुन किसिमकाे विकास र समृद्धिकाे यात्रा छ यो अघिल्ला सरकार भन्दा दुई गुणा बढी भएको तथ्यांकले देखाएको छ तर सरकारका कामलाई असफल बनाउन र अलाेकप्रिय सावित गर्न पार्टी भित्रैबाट र विपक्षी समेत लागेको अवस्था छ।

त्यसैले आज आम रुपले युवाहरुले देशको समस्याको पहिचान गरि पार्टी नेतृत्वलाई खबरदारी गर्दै विकास ,समृद्धि र प्रविधिकाे उपयाेग गर्दै उद्दमशीलता र राेजगारीमा ध्यान दिनुपर्छ र भ्रष्टाचार अनिमियतताकाे विरोध गर्ने सकारात्मक पक्षलाई विकास गर्ने र नकारात्मक पक्षलाई बहिष्कार गर्दै युवाहरूले अध्ययन र नयाँ प्रविधिकाे विकासमा जाेड दिनुपर्छ।

अब खबरदारी गराै गलत प्रवृत्तिकाे भण्डाफाेर गराैं नेकपा एमालेलाई जनताको प्रिय पार्टी बनाउन सम्पूर्ण लागाै कम्युनिस्ट आन्दोलन रक्षाका निम्ति निर्णयाक पहल गराैं युवा भविष्यका देश निर्माणकर्ता हुन युवाले उपयुक्त ठाउँमा काम गर्नुपर्दछ र राज्य साथै पार्टीले साथै लिएर हिड्नुपर्छ।

( ओखलढुंगाका युवाहरुले आयोजना गरेको जुम अन्तरक्रियामा अनेरास्ववियु केन्द्रीय सदस्य खतिवडाले राखेको विचार )

तपाइँको प्रतिक्रिया ।