नेकपा एमालेका नेताबीच पार्टी विवाद समाधानबारे छलफल

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २४।

नेकपा एमालेका  नेताबीच पार्टी विवाद समाधानबारे छलफल भएको छ।

नक्सालस्थित होटल म्यारियटमा बिहिबार अर्थमन्त्री एवम् एमाले नेता विष्णु पौडेलले नेपाल पक्षीय नेता सुरेन्द्र पाण्डे र गोकर्ण विष्टसँग छलफल गरेका हुन्।

छलफलमा पाण्डे र विष्टले फागुन २८ को निर्णयबाट प्रधानमन्त्री ओली पछि हट्नुपर्ने अडान राखेका थिए। पौडेल, पाण्डे र विष्टका बिचमा कुनै सहमति नभए पनि मिलनबिन्दु खोज्नुपर्नेमा एक मत रहेको एक नेताले बताएका छन  ।

तपाइँको प्रतिक्रिया ।