पछिल्लो २४ घण्टामा नेपालमा थप ९ हजार ७० जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा थप ९ हजार ७० जनामा कोरोना संक्रमण पुष्टि

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २३।

पछिल्लो २४ घण्टामा नेपालमा थप ९०७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा नजसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्यांकमा हालसम्मकै रेकर्ड संक्रमित पुष्टि भएको हो ।
यसअघि बुधबार देशभर ८६५९ जनामा संक्रमण पुष्टि भएको थियो भने ५६ जनाको मृत्यु भएको थियो ।
पछिल्लो समय दिनहुँ संक्रमितको संख्या बढ्दै गएको छ भने धेरैजसो जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।