दक्षिणकाली नगरपालिकाको आइसोलेसन सेन्टर नगर प्रमुख र उप प्रमुख द्वारा निरीक्षण

दक्षिणकाली नगरपालिकाको आइसोलेसन सेन्टर नगर प्रमुख र उप प्रमुख द्वारा निरीक्षण

कपन अनलाइन

काठमाडौं,बैशाख २३। दक्षिणकाली नगरपालिकाले  चाल्नाखेल प्राथमिक  स्वास्थ्य चौकीलाइ  आइसोलेसन सेन्टरको रुपमा परिणत गरि तयारी अवस्थामा राखेको छ। उक्त  स्वास्थ्य चौकीमा अक्सिजन सहितको व्यवस्थापन गरिएको नगरपालिकाले जनाएको छ ।कोभिड दोस्रो कहर बाट  दक्षिणकाली नगरपालिका पनि अछुतो रहेको छैन बिगत पहिलो कहरमा जस्तै यो पटक पनि चाल्नाखेल प्राथमिक स्वास्थ्य चौकी मा आईसोलेसन सेन्टर अझ प्रभावकारी रूपमा तयार गरिएको नगरपालिकाले जनाएको छ। उक्त  आइसोलेसन सेन्टरको नगर प्रमुख मोहन बस्नेत, उप प्रमुख बसन्ती डंगोल तामाङ लगायतले निरीक्षण गरेका छन  ।

निरीक्षण पश्चात उप प्रमुख बसन्ती डंगोल तामाङले कोरोनो संक्रमित विरामीको संख्या उच्च दरमा बढीरहेकोले आम नगरवासीलाई सजगता अपनाउन र अत्यावश्यक काम बाहेक घरवाहिर ननिस्किन आग्रह गर्दै सामाजिक र भौतिक दूरी कायम गरि  अनिवार्य रुपमा मास्कको  प्रयोग  गर्न  र बारम्बार साबुन पानीले हात धुन समेत  अनुरोध गरेकी  छिन ।   बैशाख २२ गते सम्म  दक्षिणकाली नगरपालिकाका ९ महिला र २९ जना पुरुष गरि कुल ३८ जनामा कोरोना संक्रमित भएका छन संक्रमित मध्ये  होम आइसोलेसनमा ७ जना महिला र २५ जना पुरुष  रहेका र २ जना महिला र ४ जना पुरुष अस्पतालको आइसोलेसनमा रहेको जानकारी गराएको छ हाल सम्म १ जना कोरोना संक्रमितको मृत्यु भएको पनि जानकारी गराएको छ ।पछिल्लो २४ घन्टामा २ महिला र ११ गरि १३ जना संक्रमित थपिएको जानकारी गराएको छ ।

तपाइँको प्रतिक्रिया ।