चुनिखेलमा नेकपा एमाले बुढानिलकण्ठ -१३ को “तपाइको मास्क खै ?” अभियान

चुनिखेलमा नेकपा एमाले बुढानिलकण्ठ -१३ को “तपाइको मास्क खै ?” अभियान

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २३।

नेपाल कम्युनिस्ट पार्टी एमाले बुढानिलकण्ठ नगरपालिका वडा नं १३ शाखा कमिटीले वडामा “तपाइको मास्क खै ?” अभियान संचालन गरेको छ।

सो अवसरमा वडाका विभिन्न स्थानमा  कोरोना प्रकोपको दोश्रो लहरमा हुने जोखिम बाट वडावासिहरुलाई  सुरक्षित राख्नका लागि मास्क ,पानी तथा अन्य सामाग्री वितरण गरिएको थियो।

उक्त अभियानमा नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटी अध्यक्ष प्रदिप डंगोल ,वडा नं १३ का अध्यक्ष श्री कृष्ण श्रेष्ठ ,सदस्य रेणु श्रेष्ठ लगायतको सहभागिता रहेको नेकपा एमाले वडा नं १३ का अध्यक्ष टिकेस नारायण श्रेष्ठले जानकारी दिएका हुन् ।

तपाइँको प्रतिक्रिया ।