सिडिओले ग्याँस नपाएको गुनासो १०० नम्बरमा गर्न भने

LP_gas_cilinder

 

कपन अनलाइन\पुस २७, २०७१

ग्याँसको कालोबजारी गरेको थाहा पाएमा १०० मा डायल गरी कारवाहीको माग गर्न सकिने जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ । आइतबार रिपोर्टस् क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले सबै प्रहरीलाई कालोबजारीको अनुगमन गर्ने अधिकार रहेको हुँदा ग्याँसको कालोबजारी भएमा १०० नम्बरमा फोन गर्न सकिने बताएका थिए । साक्षात्कारमा अर्यालले नजिकको ग्राहकलाई ग्याँस नदिई कतै टाढाको ग्राहकलाई कसैले ग्याँस दिन्छ भने त्यसलाई कारवाही गरिने जानकारी गराएका थिए । जाडो महिनामा ग्याँसको बढी उपयोग हुने हुँदा त्यसलाई व्यवस्थापन गर्न नसक्नु नेपाल आयल निगमको कमजोरी रहेको आरोप लगाएका थिए ।

वाणिज्य विभागका निर्देशक हरिनारायण बेलवासेले आयाल निगमको कमजोरीका कारण ग्याँसको आपूर्ति सहज हुन नसकेको बताए । राजधानीमा केही दिन यता खाना पकाउने एलपीजी ग्याँसको अभाव भएको छ । व्यापारीहरूले ग्याँस स्टकमा राखेर बार्गेनिङ गर्दै कालोबजारी गरिरहेका कारण ग्याँसको कृत्रिम अभाव भएको तथ्य बाहिर आइरहेको छ ।

तपाइँको प्रतिक्रिया ।