लायन्स क्लब संगको सहकार्यमा महानगरीय प्रहरी प्रभाग गोकर्णमा अक्सिजन सहितको आइसोलेसन सेन्टर

लायन्स क्लब संगको सहकार्यमा महानगरीय प्रहरी प्रभाग गोकर्णमा अक्सिजन सहितको आइसोलेसन सेन्टर

कपन अनलाइन

काठमाडौँ, बैशाख २३। लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ संगको सहकार्यमा महानगरीय प्रहरी प्रभाग गोकर्णमा दश शैयाको Oxygen Therapy Center संचालन गरिएको छ । पछिल्लो समय कोरोना भाइरस महामारिको कारण अग्र पंक्तिमा खटिएको सुरक्षाकर्मीहरुको साथै कारागारमा रहेका कैदीबन्दिहरु समेत संक्रमित हुन थाले पछि लायन्स क्लबले  महानगरीय प्रहरी प्रभाग गोकर्णलाइ दश वटा बेड पी पी पी इ मास्क पन्जा लगायतको सामाग्रीहरु बुधबार एक कार्यक्रमका बीच लायन्स क्लब इन्टरनेसनलका GAT Area Leader Lion खगेन्द्र सिटौलाले महानगरीय प्रहरी वृत्त बौद्धका कार्यलय प्रमुख प्रहरी नायब उपरीक्षक नबिन कार्कीलाइ हस्तान्तरण गरिएको थियो।

उक्त कार्यक्रममा डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठ,  पुर्व डिस्ट्रिक गभर्नर तथा हालका मल्टिपल डिस्ट्रिक जी एस टि कोर्डिनेटर लायन अनन्त प्रसाद भेटुवाल ,  लायन वर्ष २०२१/२२ का क्याबिनेट सेक्रेटरी लायन धर्म शरण  श्रेष्ठ लायन लिडर  पेमा छिरी शेर्पा  ,जोन चियरपर्सन भिष्म बिक्रम रायमाझी, डिस्ट्रिक चियरपर्सन लायन ठण्डराज ठकुरी, यज्ञडोल जगडोल सामुदायिक बनकाका अध्यक्ष लायन सुदर्शन सिग्देल लगायतको  उपस्थितिमा उक्त सामग्री वितरण गरिएको हो।साथै लायन्स क्लब इन्टरनेशनल डाईरेक्टर इन्डोर्सी पदका उम्मेदवार समेत रहेका GAT Area Leader Lion खगेन्द्र सिटौलाको अगवाईमा अन्य महत्वपूर्ण कार्यक्रमहरु संचालन गर्न गोकर्णेश्वर नगरपालिकाका  प्रमुख  सन्तोष चालिसे संग सहमति समेत गरिएको पुर्व डिस्ट्रिक गभर्नर तथा हालका मल्टिपल डिस्ट्रिक जी एस टि कोर्डिनेटर लायन अनन्त प्रसाद भेटुवालले कपन अनलाइनलाइ जानकारी गराए ।

सिटौलाले आफु इन्टरनेसनल डाइरेक्टरमा निर्वाचित भएमा नेपालको नाम विश्वमा चिनाउदै नेपाली लायन्स र जनताकालागि उल्लेख्य योगदान पुग्ने कार्य गर्ने र लायन्स अन्तर्राष्ट्रिय बाट नेपालमा स्थायी प्रोजेक्ट ल्याउन पहल गर्ने समेत बताएका छन्।  लायन्स लिडर सिटौलाले आगामी जेठ २१ र २२ गते हुने लायन्स मल्टिपल कन्भेन्सनमा डिस्ट्रिक ३२५ ए१को तर्फबाट अन्तर्राष्ट्रिय डाइरेक्टरका लागि एकल उम्मेदवार हुन। बिभिन्न सामाजिक कार्यमा अग्रणी भूमिका खेल्दै आएका सिटौलाले नेपालमा पहिलो कोरोना महामारीको क्रममा आइसोलेसन सेन्टर निर्माण देखि लिएर लक डाउनको समयमा खाद्यान्न सहयोग गर्नुको साथै पहिरो पिडितलाइ राहत वितरण गर्ने क्रममा सक्रिय भूमिका निर्वाह गरेका थिए।

कोरोणा भाइरस (Covid-19) को दोश्रो लहरको यो डर लाग्दो अवस्था र सरकार द्वारा घोषित निषेधाज्ञाको समयमा पनि संक्रमित हरुको लागि Oxygen सहितको आइसोलेसन  निर्माणको लागि  लायन्स लिडर खगेन्द्र सिटौलाको अगुवाइमा  लायन्स सेमी आइ सी यु बनाउन र  र चन्द्रागिरि नगरपालिका प्राथमिक अस्पतालमा ३० देखि ४० शैय्या राखेर Oxygen Concentration सहितको सुविधा उपलब्ध गराउन लागि परेका छन ।

तपाइँको प्रतिक्रिया ।