चितवनको माडीमा कोरोना संक्रमित एक युवकले झुण्डिएर देहत्याग गरे

चितवनको माडीमा कोरोना संक्रमित एक युवकले झुण्डिएर देहत्याग गरे

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २३।

चितवनको  माडीमा कोरोना संक्रमित एक युवकले गए राती झुण्डिएर देहत्याग गरेका छन् । माडी नगरपालिका वडा नं -३, इनारबरुवा गाउँ निवासी बर्ष ३२ का संक्रमित युवकले झुण्डिएर देहत्याग गरेका हुन ।

करीब एक साताअघि भारत बिहारमा सम्पन्न बैवाहिक कार्यक्रममा सहभागी भई फर्किएका उनलाई परिवार र छिमेकीहरुले घरसंगैको गोठमा ‘आइसोलेशन’मा राखेका थिए ।

लगातार झाडापखाला लागेका उनको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । उनले गएराती झुण्डिएर देहत्याग गरेको ईलाका प्रहरी कार्यालय माडीले जनाएको छ । पिपिई सहित अन्य सुरक्षाको उपाय सहित घटनाको अनुसन्धान र शव व्यवस्थापन गर्न लागिएको प्रहरीले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।