बुढानिलकण्ठको कपन क्षेत्रमा प्रहरीको कडाई,निषेधाज्ञा उल्लंघन गर्नेलाई कारवाही
कपन अनलाइन
काठमाण्डौ ,बैशाख २३।
बुढानिलकण्ठ नगरपालिकाको कपन क्षेत्रमा बैशाख २३ गते प्रहरीले चेक जांच र निषेधाज्ञा पालनालाई कडाई गरेको छ। जिल्ला प्रसासन कार्यालयले जारी गरेको आदेस पालना नगरी विना काम बाहिर हिडडुल गर्नेहरुलाई बिहानै देखि प्रहरीले कारवाहीलाई तीव्रता दिएको हो।
निषेधाज्ञा पालना गर्नका लागि पटक पटक माइकिंग गरेपनि कपन क्षेत्रका जनताले खासै नटेरेपछी प्रहरीले कारवाही र सजायलाई अगाडी बढाएको हो।
बैशाख २३ गते बिहानै देखि प्रहरीले पसलहरुमा सामाजिक दुरी र स्वास्थ्य मापदण्ड पालना गराउने , बिना मास्क हिड्नेलाई चिट काटेर जरिवाना गराउने ,विना कारण हिडने सवारी साधनलाई होल्डमा राख्ने जस्ता कामलाई प्रहरीले तीव्रता दिएको छ।
नगरपालिकाको कपन क्षेत्रमा खास गरेर तरकारी बजार क्षेत्र र पसलहरुमा बढी भिडभाड हुने गरेकोले ति क्षेत्रमा प्रहरी र नगर प्रहरी परिचालन गर्नुपर्ने स्थानीयहरुले माग गर्दै आएका छन ।