बैशाख २६ गते देखि सरकारी अस्पतालका “कोभिड -१९ हिरो ” हरुलाई WHR को निशुल्क भोजन

बैशाख २६ गते देखि सरकारी अस्पतालका “कोभिड -१९ हिरो ” हरुलाई WHR को निशुल्क भोजन

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २३।

बैशाख २६ गते देखि सरकारी अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई मानव अधिकारका लागि महिला ,एकल महिला समुह ( WHR) ले  निशुल्क भोजन उपलव्ध गराउने भएको छ।

कोरोना प्रकोप विरुद्ध अग्र मोर्चामा रहेर सक्रिय बनेका सरकारी अस्पतालका डाक्टर ,नर्स ,एम्बुलेन्स चालक , शव बहानका चालक तथा कर्मचारीहरुलाई उपलव्ध गराउनु लागिएको हो।

बुढानिलकण्ठ नगरपालिका र काठमाण्डौका विभिन्न संघ संस्थाहरुको सहयोगमा संचालन गर्न लागिएको सो अभियानमा सहयोग गर्न चाहाने महानुभावहरुले माथि तस्विरमा दिएको ठेगाना सम्पर्क राख्न सक्ने WHR ले जानकारी दिएको छ।

तपाइँको प्रतिक्रिया ।