उपचारमा ब्रह्मलुट मच्चाउने ह्याम्स र काठमाडौं मेडिकल कलेज जिल्ला प्रसासनको स्पस्टिकरण

उपचारमा ब्रह्मलुट मच्चाउने ह्याम्स र काठमाडौं मेडिकल कलेज जिल्ला प्रसासनको स्पस्टिकरण

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २२।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं मेडिकल कलेज (केएमसी) र ह्याम्स अस्पताललाई स्पष्टीकरण सोधेको छ ।

कोरोना संक्रमितको उपचारका लागि सरकारले तोकेको भन्दा बढी शुल्क लिएको जानकारी आएकाले स्पष्टीकरण सोधिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

ती अस्पतालको शुल्क विवरण सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि प्रमुख जिल्ला अधिकारीले स्पष्टीकरण सोधेका हुन् ।

संक्रमितको उपचारका लागि केएमसीको दैनिक ३० हजारसम्म र ह्याम्स अस्पतालको दैनिक ५० हजार रुपैयाँसम्मको शुल्क सूची सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो ।

 

तपाइँको प्रतिक्रिया ।