बुढानिलकण्ठ नगरपालिकाको कपन क्षेत्रमा निषेधाज्ञाको ब्यापक उल्लंघन

बुढानिलकण्ठ नगरपालिकाको कपन क्षेत्रमा निषेधाज्ञाको ब्यापक उल्लंघन

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २२।

बुढानिलकण्ठ नगरपालिकाको कपन क्षेत्रमा निषेधाज्ञाको ब्यापक उल्लंघन भएको छ। बुढानिलकण्ठ नगरपालिकाको सो क्षेत्रमा जिल्ला प्रसासन कार्यालयको आदेस उल्लंघन गर्दै बेलुकाको समयमा निर्वाद रुपमा पसल तथा तरकारी बजार खुल्ला रहेका थिए ।

त्यस्तै सो क्षेत्रमा रहेका पसल र तरकारी बजारमा स्थानीयहरुको व्यापक भिड लागेको देखिन्थ्यो भने पसल र स्थानीयले कुनै पनि स्वास्थ्य मापदण्ड पालना गरेका थिएनन् ।

सो क्षेत्रमा निषेधाज्ञा पालना गराउन प्रहरीले माइकिंग गरेपनि खास कडाई गरेको देखिएको छैन भने स्थानीयहरु पनि पसलको बहानामा मस्त घुमिरहेका देखिन्थे।

दैनिक रुपमा संक्रमितको शंख्या बढेको अहिलेको विषम अवस्थामा तरकारी र बजार क्षेत्रमा स्वयंसेवक र प्रहरी परिचालनलाई प्राथमिकता दिदै जोखिम न्यूनीकरण गर्नुपर्ने स्थानीयहरुले बताएका छन।

 

तपाइँको प्रतिक्रिया ।