कोरोना महामारीमा मेडिकल माफियाहरुको रजाई र उदासिन निकायहरु

कोरोना महामारीमा मेडिकल माफियाहरुको रजाई र उदासिन निकायहरु

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २२/नविन शर्मा

हाम्रो देशको स्वास्थ्य क्षेत्रमा हिजो को दिनमा चर्कौ शुल्क असुल्ने निजी अस्पताल सरकारी अस्पतालमा आफ्ना एजेन्ट राखि रातारात विरामी आफ्नो अस्पतालमा तानेर चर्को शुल्क असुल्थे । कर छली गर्ने , गैरकानुनि ढङ्गले कलेजहरु सञ्चालन गर्थे । यति बेला सरकारलाई सहयोग गर्नु पर्ने बेला निजि स्वास्थ्य संस्थाहरु असहयोग गरिरहेका छन्

आइसियुमा नराख्नुपर्ने विरामीलाई  आइसियुमा राखेर दुखि , गरीव ,असायहरुको ढाड सेक्ने गरि शुल्क असुल्ने र सेवा गर्नुेको सट्टा स्वास्थ्य क्षेत्रमा पुरै व्यापारिकरण गर्ने निजि अस्पतालहरु अहिले आएर सामान्य ज्वरो आएका विरामीको पनि उपचार गर्न मान्दैनन् ।

नेपालमा कोरोना संकमण भेटिएपछि झन विरामीको समस्या जटिल वन्दै गएको छ । आजका दिनमा कुनै नागरिक ज्वरोले थलिएपनि उपचार गर्ना पाएका छैनन् । अहिले निजी अस्पतालवाट सुविधा पाउन निकै कम देखिएको छ । यतिखेर ज्वरोको विरामीले उपचार नपाएर अस्पताल धाउदा धाउदै आफ्नो ज्यान गुमाउन परेकोछ ।

निजी अस्पताले अफ्नो धर्म नै बिर्सिएका छन् । कोरोना संकमण भेटिएपछि अहिले सामान्य ज्वरो ,रुघा ,खोकी लागेका विरामीलाई समेत जाच्नँ नमान्ने, विरामीलाई ढोकैबाट र्फकाउने आफुुसंग भएका भेन्टीलेटरहरु लुकाउने निजी अस्पतालले कहिले सम्म देखाउने यो र्हकत रु सुविधा लिने बेला कहिले पछि नहट्ने अस्पताल अहिले सेवा दिने यो संकटको घडिमा दाहित्व बाट पन्छीने प्रवृत्ति  निजी अस्पतालको देखिएको छ । गरिबी जनताहरुले उपचार गर्न घर खेत नै राख्नु पर्ने अवस्था छ ।

महामारीको समयमा निजि मेडिकल माफियाहरु कमाउ धन्दामा लागेका छन् यिनिहरु माथि सरोकारवाला निकायहरुले अनुगमन गर्नु पर्ने अहिलेको आवश्यकता छ । बाहिरि मुलुकमा स्वास्थ्य उपचार जनताहरुलाई निस्शुल्क छ तर हाम्रो देशमा अहिले पैसा खर्च गर्छु ज्यान बचाईदेउ भन्दा पनि हार गुहार गर्दा पनि न अस्पतालमा बेड छ , बेड पाए चिकित्सक छैन, चिकित्सक पाए उपचार विधि छैन, उपचार पाए पैसा खर्च गर्न सकिदैन यो कस्तो विडम्बना हो ।

झन् निजि स्वास्थ्य संस्थाहरु यो महामारीमा त जनताको सेवा र राज्य प्रति बफादार भएर सरकारको सरथी हुनु पर्ने समयमा केही निजि स्वास्थ्य संस्थाका माफियाहरु लिष्ट नै तयार पारेर हाम्रोमा यति पैसा लाग्छ पैसा छ भने उपचार गर्न आउनु नत्र ज्यान गुमाउनु भन्ने जस्तो गरि नागरिकको ज्यानमाथि खेलवाड गरि रहेका छन् यो महामारीमा उनिहरुलाइ त अवसर आएको जस्तो भएको छ पैसा आर्जन गर्ने कालोबजारी गर्ने अब त यी माफियाहरुको चलखेल अति भो सरकार अब त बोल सरकार ???

अझै महामारिको भयवह स्तिथी भयो भने के यि निजी अस्पतालका सञ्चालकहरुले सटर तानेर हिड्ने होलान त सरकारका निती निर्देशन नमान्ने र्हकत देखाउने ती निजी अस्पतालहरुमा सरकारले छिटो भन्दा छिटो अनुगमन गरि सेवा नदिने अस्पतालहरुलाई कानुनको दायरा ल्याई कडा भन्दा कडा कारवाही हुनुपर्छ ।

 

 

 

तपाइँको प्रतिक्रिया ।