नेकपा एमाले बाट निर्वाचित काठमाण्डौका नगर प्रमुख र उपप्रमुख संग जिल्ला कमिटीको छलफल

नेकपा एमाले बाट निर्वाचित काठमाण्डौका नगर प्रमुख र उपप्रमुख संग जिल्ला कमिटीको छलफल

कपन अनलाइन

हेटौडा ,बैशाख २१।

नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीले नेकपा एमालेका तर्फ बाट स्थानीय तहमा निर्वाचित नगर प्रमुख र उपप्रमुख संग छलफल गरेको छ।

नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीका अध्यक्ष कृष्ण राईको अध्यक्षतामा भएको सो छलफल कार्यक्रममा नेपाल सरकारका शिक्षा मन्त्रि तथा काठमाण्डौ इन्चार्ज कृष्णगोपाल श्रेष्ठ ,सह इन्चार्ज तथा बागमती प्रदेस सभा सदस्य नारायण सिलवाल लगायतको उपस्थिति रहेको थियो।

उक्त छलफलमा काठमाण्डौ महानगरपालिकाका प्रमुख बिद्या सुन्दर शाक्य ,बुढानीलकण्ठ नगर प्रमुख उद्दव खरेल ,कागेश्वारी मनोहरा नगर प्रमुख कृष्ण हरि थापा ,टोखा नगर प्रमुख प्रकास अधिकारी ,तारकेश्वर नगर प्रमुख रामेश्वर बोहरा,शंखरापुर नगर प्रमुख सुवर्ण श्रेष्ठ ,कृति पुर नगर प्रमुख रमेस महर्जनको सहभागिता रहेको थियो ।

त्यस्तै काठमाण्डौका स्थानीय तहमा कोरोना प्रकोप नियन्त्रण र रोकथामका पहल र प्रयासहरुका वारेमा गहन अन्तरक्रिया गरिएको सो छलफलमा बुढानिलकण्ठ उपप्रमुख रमा राई ,टोखा उपप्रमुख ज्ञानमाया डंगोल ,किर्तिपुर उपप्रमूख सरस्वती खड्का,तारकेश्वर उपप्रमुख भानु डोटेल (भवानी ), कागेश्वरी मनोहरा उपप्रमुख बिन्दु पुडासैनी सिम्खडा  लगायतको उपस्थिति रहेको थियो।

कोरोना प्रकोपको महामारीका विच स्थानीय तहले खेल्नुपर्ने भूमिका र पहलका वारेमा गम्भीर छलफल गरिएको नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीका सचिव दीपक निरौलाले जानकारी दिएका छन।

स्थानीय तहमा आइसोलेसन केन्द्र निर्माण ,स्वास्थ्य सहयोग व्यवस्थापन र स्वयंसेवक परिचालन लगायतका विषयमा केन्द्रित रहेको सो छलफलमा महामारी नियन्त्रणका विविध उपायहरुका वारेमा छलफल गरिएको उनले बताएका छन।

 

तपाइँको प्रतिक्रिया ।