बुढानिलकण्ठ नगरपालिकामा कहाँ र कहिले PCR /ANTIGEN परिक्षण हुन्छ ?

बुढानिलकण्ठ नगरपालिकामा कहाँ र कहिले PCR /ANTIGEN परिक्षण हुन्छ ?

कपन अनलाइन

हेटौडा ,बैशाख २१।

बुढानिलकण्ठ नगरपालिकामा हरेक हप्ताको सोमवार र बिहिवार PCR /ANTIGEN परिक्षण हुदै आएको छ। बुढानिलकण्ठ नगरपालिका वडा नं ३ घुम्तीमा रहेको स्वास्थ्य चौकी र वडा नं ११ मा रहेको कपन स्वास्थ्य चौकीमा यी दुई दिन बिहान ११ बजे २ बजे सम्म निशुल्क परिक्षण हुदै आएको छ।

हप्तामा दुई दिन नगरपालिकाका संक्रमितहरुको सम्पर्कमा आएर कन्ट्रयाक्ट ट्रेसिंगमा परेका व्यक्ति , कोरोना संक्रमणको लक्षण देखिएका र क्लोज कन्ट्रयाक्टमा रहेका व्यक्तिहरुको परिक्षण हुदै आएको नगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख कुमार दाहालले जानकारी दिएका छन।

बुढानिलकण्ठ नगरपालिका जनस्वास्थ्य महाशाखा अनुसार हाल  सम्म नगरपालिका भित्र १३१ जना महिला र १४५ जना पुरष गरी कुल २७६ जनामा संक्रमण देखिएको  छ जसमा २६७ जना होम आईसोलेसनमा छन् भने  ४ जना पुरुष र ४ जना महिला अस्पतालको आईसोलेसनमा भर्ना भएका छन।

 

तपाइँको प्रतिक्रिया ।