नेपालका पुराना बिद्युत गृहलाई विशेष अनुसन्धान केन्द्र बनाउने बागमती प्रदेस सरकारको तयारी

नेपालका पुराना बिद्युत गृहलाई विशेष अनुसन्धान केन्द्र बनाउने बागमती प्रदेस सरकारको तयारी

कपन अनलाइन

हेटौडा ,बैशाख २१।

बागमती प्रदेस सरकारले नेपालका प्रथम र दितीय बिद्युत गृहहरुलाई विशेष अनुसन्धान केन्द्रका रुपमा विकास गर्ने तयारी गरेको छ।

सन् १९११ ( वि.सं. १९६८)  मा निर्मित ५०० किलोवाट क्षमताको ‘श्री चन्द्रज्योति प्रकाश’ र सुन्दरीजलमा बि सं १९९२ मा निर्माण भएको बिद्युत गृहलाई विशेष अनुसन्धान केन्द्रका रुपमा विकास गर्नका लागि नीति तथा कार्यक्रममा व्यवस्था गरिएको बागमती प्रदेसका भौतिक पूर्वाधार विकास मन्त्रि रामेश्वर फुयालले जानकारी दिएका छन।

वि.सं. १९६८ शालमा पहिलोपटक सिंहदरवारमा पहिलो पटक बिजुली बालिएको गौरवपूर्ण इतिहासलाई स्मरण गर्दै ति दुई गृहको मर्मत र विकास गर्दै बिजुली उत्पादन गरेर अध्ययन पर्यटनको प्रवर्धन गर्ने योजना रहेको बताउदै मन्त्रि फुयालले ति गृहमा रहेका मेसिनरी , प्रविधि र अन्य पक्षका अध्ययन केन्द्र बनाउने अन्तिम तयारीमा पुगेको बताएका छन।

बागमती प्रदेस सरकारले पुराना संरचना र ऐतिहासिक महत्वका धरोहरहरुको संरक्षण र प्रवर्धन गर्ने विशेष योजना अगाडी सारेपछि चुरियामाई सुरुङ,राजकुलो संरक्षण र धार्मिक सम्पदा संरक्षण जस्ता कार्यलाई प्राथमिकतामा राखेको मन्त्रि फुयालले जानकारी दिएका छन।

दुई पुराना विद्युत केन्द्रलाई विशेष अनुसन्धान केन्द्रका रुपमा विकास गर्नका लागि यसै वर्ष बाट बजेट व्यवस्थापन गर्ने बताउदै उनले चाडै यसका वारेमा सरोकारवालाहरु संग  बृहत छलफलको आयोजना गरिने जानकारी दिएका छन

एसियाकै दोश्रो जल बिद्युत  योजना मानिने फर्पिंगको ‘ श्री चन्द्रज्योति प्रकाश’ को निर्माण राणा प्रधानमन्त्री चन्द्र शमशेरले गराएका थिए।

 

तपाइँको प्रतिक्रिया ।