बुढानिलकण्ठको कोरोना “हट स्पट ” बन्दै वडा नं १० र १२ ,दुई वडामा ९३ संक्रमित

बुढानिलकण्ठको कोरोना “हट स्पट ” बन्दै वडा नं १० र १२ ,दुई वडामा ९३ संक्रमित

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २१।

बुढानिलकण्ठ नगरपालिकाका वडा नं १० र १२ कोरोना “हट स्पट ” बन्दै गएका छन। दोश्रो चरणको कोरोना महामारीमा बुढानिलकण्ठ नगरपालिकाका कुल २७६ संक्रमित मध्ये यी दुई वडामा मात्र ९३ संक्रमित रहेका छन।

बुढानिलकण्ठ नगरपालिका स्वास्थ्य महाशाखाको बैशाख २० गतेको रिपोर्ट अनुसार वडा नं १० मा ५७ जना र वडा नं १२ मा ३६ जना कोरोना संक्रमित रहेका छन।

बुढानिलकण्ठ  नगरपालिका जनस्वास्थ्य महाशाखा अनुसार हाल  सम्म नगरपालिका भित्र १३१ जना महिला र १४५ जना पुरष गरी कुल २७६ जनामा संक्रमण देखिएको  छ जसमा २६७ जना होम आईसोलेसनमा छन् भने  ४ जना पुरुष र ४ जना महिला अस्पतालको आईसोलेसनमा भर्ना भएका छन।

यी दुई वडाहरुमा कोरोना महामारी बढी फैलिनुमा बिहान बेलुका संचालन हुने खाद्यान्न ,मासु तथा तरकारी पसलहरुमा लाग्ने भिड रहेको देखिन्छ जसमा पसल र वडावासी कसैले पनि उचित स्वास्थ्य मापदण्ड पुरा गरेको देखिदैन।

वडा नं १० र १२ का विभिन्न क्षेत्रमा रहेका तरकारी बजारहरुमा बिहान बेलुका भिड नै लाग्ने हुँदा यसले संक्रमण फैलाउन निकै ठुलो भूमिका खेल्ने देखिएकोले उचित स्वास्थ्य सुरक्षा र सामाजिक दुरीका लागि ति क्षेत्रमा प्रहरी परिचालनलाई तीव्रता दिनुपर्ने स्थानीयहरु बताउछन।

कोरोना प्रकोप भयावह बनेर अस्पताल देखि घाट सम्म स्थान अभाव हुने अवस्था सिर्जना भएको समयमा निकै सावधान र सजग हुनुपर्नेमा त्यसको बेवास्था गर्दै सडकमा निस्कनेहरुलाई  कारवाही गर्नुपर्ने भन्दै ति स्थानीयले यस प्रति स्थानीय सरकारको ध्यानाकर्षण गराएका छन।

 

 

तपाइँको प्रतिक्रिया ।