बुढानिलकण्ठ नगरपालिकाका थप ४६ जनामा कोरोना संक्रमण

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २० ।

बुढानिलकण्ठ  नगरपालिकाका थप  ४६ जनामा कोरोना संक्रमण देखिएको छ  । जनस्वास्थ्य महाशाखाको दैनिक प्रतिवेदनका अनुसार  संक्रमित मध्य २७ जना महिला र १९ जना पुरुष रहेका  छन  ।

बुढानिलकण्ठ  नगरपालिका जनस्वास्थ्य महाशाखा अनुसार हाल  सम्म नगरपालिका भित्र १३१ जना महिला र १४५ जना पुरष गरी कुल २७६ जनामा संक्रमण देखिएको  छ जसमा २६७ जना होम आईसोलेसनमा छन् भने  ४ जना पुरुष र ४ जना महिला अस्पतालको आईसोलेसनमा भर्ना भएका छन  ।

 

 वडागत विवरणः

वडा नं १:  २ महिला र १  पुरुष

वडा नं २:  १  महिला र  १ पुरुष

वडा नं ३:  १  महिला र  १ पुरुष

वडा नं ४: १ पुरुष

वडा नं ५:  १ महिला

वडा नं ६:  ४ महिला र   १ पुरुष

वडा नं ७ :१ महिला र २ पुरुष,

वडा नं ८:  ३ महिला र  ५ पुरुष

वडा नं ९:  १ महिला र  १ पुरुष

वडा नं १०:  ३ महिला र ३ पुरुष

वडा नं ११: ४ महिला र १ पुरुष

वडा नं १२:  ६ महिला र २ पुरुष ।

तपाइँको प्रतिक्रिया ।