कोरोना प्रकोप नियन्त्रणका लागि नगरपालिकालाई नेकपा एमाले बुढानिलकण्ठको सुझाव

कोरोना प्रकोप नियन्त्रणका लागि नगरपालिकालाई नेकपा एमाले बुढानिलकण्ठको सुझाव

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २१।

नेकपा एमाले बुढानिलकण्ठले  कोरोना प्रकोप नियन्त्रणका लागि नगरपालिकालाई सुझाव विभिन्न सुझावहरु दिएको छ।

बुढानिलकण्ठ नगरपालिकाले कोरोना प्रकोप नियन्त्रणका लागि तत्काल  गर्नुपर्ने  कामहरुका वारेमा सुझाव सहित विभिन्न उपायहरुका वारेमा सुझाव दिदै नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीले आवस्यक सहयोग गर्नका लागि तयार रहेको प्रतिवद्त्ता पनि व्यक्त गरेको छ।

नेकपा एमाले बागमती प्रदेस कमिटीका सचिवालय सदस्य सुन्दर पुर्कुटी , काठमाण्डौ जिल्ला कमिटीका सचिव दीपक निरौला ,जिल्ला सचिवालय सदस्य सुकुलाल सुनार (संगम ) ,नेकपा एमाले बुढानिलकण्ठ -२ का अध्यक्ष राजेन्द्र श्रेष्ठ लगायतको उपस्थितिमा नेकपा एमाले बुढानिलकण्ठका अध्यक्ष प्रदिप डंगोलले ध्यानाकर्षण पत्र नगर प्रमुख उद्दव खरेललाई हस्तान्तरण गरेका थिए।

नेकपा एमाले  बुढानिलकण्ठको  नगरपालिकालाई दिएका मुख्य सुझावहरु  :

१. प्रत्येक वडामा जनचेतनाका लागि माइकिंग गर्ने ।

२. नगरपालिकाको हेल्प डेस्कलाई स्थापना गरेर २४ सै घण्टा हट लाइन सेवाको स्थापना गर्ने ।

३. नगरपालिका भित्र रहेका स्वास्थ्य क्षेत्र सम्बन्धित जनशक्तिको अभिलेख संकलन गरेर परिचालन गर्ने ।

४. नगरपालिकाको वडा नम १० र १३ मा निर्माण गरिएका दुई आइसोलेसन केन्द्रलाई पूर्ण प्रयोगमा ल्याउनु पर्ने साथै पहिलो चरणमा प्रयोग गरेको छहारी भवन आइसोलेसन केन्द्रको उपयोग गर्नु पर्ने ।

५.नगरपालिका भित्र अक्सिजन प्रयोग गर्ने कल कारखाना हरुको पहिचान गरेर उनीहरु संग रहेको मौजात अक्सिजन नगरपालिकाले खरिद गरेर उपयोग गर्ने वातावरण तुरुन्त मिलाउनु पर्ने ।

ध्यानाकर्षण पत्र बुझ्दै नगर प्रमुख खरेलले नगरपालिकाका दुई स्थानमा केहि दिन भित्र नै आइसोलेसन केन्द्र तयार गरिने बताउदै अन्य गतिविधि र पहलहरुमा सहयोगका लागि आग्रह गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।