प्रहरीलाइ स्वास्थ्य सुरक्षा सामग्री प्रदान गर्दै एन टि ए अध्यक्ष अशोक खड्का

प्रहरीलाइ स्वास्थ्य सुरक्षा सामग्री प्रदान गर्दै  एन टि ए अध्यक्ष अशोक खड्का

कपन अनलाइन

काठमाडौं, बैशाख २०। कोरोना कहरको दोस्रो लहर नेपालमा व्यापक रुपमा फैलिराखेको अबस्थामा अग्रपन्तिमा रहेर सुरक्षा दिने महानगरिय प्रहरी थली र मुलपानी प्रभागलाई  मास्क वितरण गरिएको छ । नेप्लिज तेक्वान्डो एकेडेमी (एनटीए) का अध्यक्ष काठमाडौ जिल्ला तेक्वान्दो कार्यसमितिका अध्यक्ष एबम अन्तर्राष्ट्रिय रेफ्री समेत रहेका अशोक खड्काको नेतृत्वमा राखेप बोर्ड सदश्य रेनुका श्रेष्ठले उपलब्ध गराएको स्यानिटाइजर  र सदश्य सचिव रमेश शिलवालका  स्वकिय सचिब  मनोज  खड्गी  बाट प्राप्त सहयोगमा खड्काले आफ्नी व्यक्तिगत रकम सहित मास्क स्यानीटाईजर वितरण गरका हुन। कार्यक्रममा समाजसेवि अमर चन्द्र बोहरको समेत उपस्थिति रहेको थियो।

कोरोना भाइरस संक्रमणको जोखिम न्यूनिकरण गर्न अग्रपंक्तिमा बसेर काम गरिरहेका प्रहरीलाई स्वास्थ्य सामग्री अन्तर्गत  मास्क स्यानीटाईजर र ह्याण्ड सोप प्रदान गरेको नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए)का अध्यक्ष अशोक खड्काले बताए। उक्त सामग्री उनले महानगरीय प्रहरी प्रभाग थलीका  कार्यलय प्रमुख  र र मुलपानी प्रभागका कार्यलय  प्रमुखलाइ   आज हस्तान्तरण गरेका हुन् ।अशोक खड्काका अनुसार अहिलेको अबस्थामा प्रहरीले रातदिन नभनेर डिउटीमा खटिनुपर्ने र कतिबेला भाइरसले संक्रमण हुन्छ थाहा नहुने भएकाले प्रहरीलाई जोखीमबाट बच्नका सानो भए पनि मास्क सहयोग गरेको बताए । उनेल लकडाउनलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउँन खटिएको प्रहरीलाई मास्क सहयोग गरेका हुन्  ।उनले रात दिन नभनी ड्युटीमा खटिएका सुरक्षाकर्मिहरुको मनोबल बढाउन सहयोग पनि  गरेको बताए । प्रहरीले सहयोगको लागि धन्यवाद ज्ञापन गरेका थिए ।

 

तपाइँको प्रतिक्रिया ।