दक्षिणकाली नगरपालिकाको नगरबासीमा अपिल

दक्षिणकाली नगरपालिकाको नगरबासीमा अपिल

कपन अनलाइन

काठमाडौं बैशाख २०। दक्षिणकाली नगरबासीहरुमा कोरोना बाट सुरक्षित रहन स्वास्थ्य सुरक्षा मापदण्ड पालन गर्न अपिल गरेको छ। नगर प्रमुख मोहन बस्नेत द्वारा जारि गरेको उक्त अपिलमा  बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को नया भेरीयन्टको संक्रमण पछिल्ला दिनहरुमा दक्षिणकाली नगरपालिका क्षेत्र भित्र अत्याधिक रुपमा बढिरहेको र नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरु समेत संक्रमित भएको र कोरोना भाइरस महामारी समुदायस्तरमा फैलिएको हुँदा यस बाट आफु पनि बाच्ने र अरुलाई पनि बचाउनका लागि अनुरोध गरिएको छ।

साथै यो विषम परिस्थितिमा महामारीको रुपमा फैलिएको कोरोना संक्रमणलाइ नियन्त्रण गर्न नेपाल सरकारले जारि गरेको स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्दै कोरोना संक्रमणलाइ नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको आदेशको पालना गर्दै हाल फैलिरहेको कोरोना संक्रमणको चेन ब्रेक गरि संक्रमण रोक्नको लागी नगरपालिकाले मिति २०७८ साल बैशाख १९ गतेको निर्णयानुसार मिति २०७८ साल  बैशाख २० गतेको राति १२ बजे बाट लागु हुने गरि मिति २०७८ साल बैशाख ३१ गते सम्मका लागि नगरपालिका कार्यालय तथा अन्तर्गतका वडा कार्यालयहरु बैक वित्तीय तथा सहकारी संस्था चिया पसल होटल रेस्टुरेन्ट,खाजाघर सबै पसल व्यवसायहरु (औषधि पसल  तरकारी तथा खाद्यान्न पसल लगायतअत्यावश्यक सेवा प्रवाह गर्ने पसल  बाहेक) पूर्ण रुपमा बन्द गरिने भएको हुँदा सो  निर्णयको पूर्ण रुपमा पालना गर्दै कोरोना संक्रमण फैलन बाट जोगाउन सहयोग गर्नको लागि निषेधाज्ञा अवधिभर सम्पूर्ण नगरबासीहरु अति आवश्यक काममा बाहेक अन्य समय घरमै बसी उच्च मनोबलका साथ सुरक्षा साबधानी अपनाई रहनको लागि नगरबासीलाई अपिल गरिएको छ।

साथै कुनै स्वास्थ्य समस्या भएमा तथा कोभिड संक्रमित बिरामीलाइ एम्बुलेन्स आवश्यक भएमा निम्न स्वास्थ्यकर्मीहरु संग सम्पर्क गरि स्वास्थ्य सल्लाह लिन समेत अनुरोध गरेका छन ।

सम्पर्क नं

डा.सरिता बिश्वकर्मा (९८६१३८८०४८)

डा.रोशन गैरे (९८४३७४८३५१)

स्वास्थ्य शाखा प्रमुख महेश कुमार उपाध्याय (९८४७८६०८५८)

स्वास्थ्य शाखा धनन्जय पोखरेल (९८५२०५३३८१)मा सम्पर्क गर्न सकिने जानकारी गराएको छ ।

 

तपाइँको प्रतिक्रिया ।