बंगालमा दिदीको सामु चलेनन मोदी ,मुख्यमन्त्री ममता बनर्जीको सानदार जित

बंगालमा दिदीको सामु चलेनन मोदी ,मुख्यमन्त्री ममता बनर्जीको सानदार जित

कपन अनलाइन

भारत  ,बैशाख १९।

ममता बनर्जी  भारतको पश्चिम बंगालको विधान सभा चुनावमा स्पष्ट जित हासिल गर्दै तेश्रो पटक मुख्यमन्त्री बन्ने निश्चित भएको छ  । जारी मतगणनामा उनले २१४  भन्दा बढी सिटमा जित  हासिल गरेकी छन।

२९२ निर्वाचन क्षेत्र मध्ये बिजेपीले ७६ सिट हासिल गरेको छ भने अन्यको खातामा दुई सिट गएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचक रहकी बनर्जीले सम्पूर्ण बिपक्षी पार्टीहरुको मोर्चा बनाउने प्रयास गरेकी थिइन्।

सानदार जित पश्चात बोल्दै उनले बंगालका जनताले भारतलाई बचाएको भन्दै उनले केन्द्रिय सरकार विरुद्ध  चाडै आफु अहिंसात्मक आन्दोलनमा उत्रिने बताएकी छन।

जनतालाई संबोधन गर्दै उनले  तत्काल कुनै विजय उत्सव नभएपनि कोरोना काल पश्चात ठुलो उत्सव सहित केन्द्रिय सरकारलाई चुनौती दिन तयारी गर्ने बताएकी थिइन्।

तपाइँको प्रतिक्रिया ।