मन्त्रिपरिषद बैठक सम्पन्न,प्रधानमन्त्री ओलीले बैशाख २७ गते विस्वासको मत लिने
कपन अनलाइन
काठमाण्डौ ,बैशाख १९।
नेपाल सरकारको मन्त्रिपरिषद बैठक सम्पन्न भएको छ । आज साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वसको मत लिने जानकारी गराएको एक मन्त्रीले जानकारी दिएका छन। बालुवाटार निकट स्रोतका अनुसार प्रधानमन्त्री ओलीले यही बैशाख २७ गते विश्वासको मत लिने बताएका थिए ।
मन्त्रिपरिषद बैठक बस्नुअघि बसेको एमालेको स्थायी कमिटीको आकस्मिक बैठक लगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका थिए ।
तपाइँको प्रतिक्रिया ।