वी पी संग्रहालय समिति सुन्दरीजलले एम्बुलेन्स खर्च उपलब्ध गराउने
कपन अनलाइन
काठमाडौँ, बैशाख १९। वीपी संग्रहालय समिति सुन्दरीजलले निशुल्क एम्बुलेन्स खर्च उपलब्ध गराउने भएको छ। काठमाडौ गोकर्णेश्वर नगरपालिकाका १ देखी ९ नं सम्म का सबै वडा तथा काठमाडौ जिल्ला क्षेत्र नं ३ का सबै वडाहरू का.म.पा बौद्ध ६,साबिक गागल,आलापोट,भद्रबास तथा यी वडा संग जोडिएका छिमेकी वडाहरूमा बसोबास गर्दै आएका जो कोभिड भएर अस्पताल लैजानको लागि आर्थिक अवस्था कमजोर भई एम्बुलेन्स खर्च जुटाउन मुस्किल परेको भए बिपी संग्रहालय समितिमा सम्पर्क गरेको खण्डमा एम्बुलेन्स खर्च उपलब्ध गराउने नेपाली कॉंग्रेस काठमाडौ क्षेत्र नं ३ पूर्ब क्षेत्रीय सभापति एवं वी पी संग्रहालयका अध्यक्ष परशुराम पोखरेलले जानकारी गराएका छन।
त्यसको लागि परशुराम पोखरेल: नेपाली कॉंग्रेस काठमाडौ क्षेत्र नं ३ पूर्ब क्षेत्रीय सभापतिएवं अध्यक्ष वी पी संग्रहालय सुन्दरीजल मोबाइल नं ९८५१०३६४५१,उपाध्यक्ष-हेमन्त केशर पन्डित मोबाइल नं ९८४१८५८०११ सदस्य-दिनेश अर्याल मोबाइल नं ९८५१२५४५५५ मा सम्पर्क गर्न सकिने जानकारी गराइएको छ। साथै विश्व भर फैलिरहेको नया भेरियन्टको कोभिड-१९ को महामारी काठमाडौं उपत्यका सहित देश भर फैलदो क्रममा रहेको हुँदा स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन अनुरोध गर्दै सामाजिक र भौतिक दूरी कायमगरि अनिवार्य रुपमा मास्को प्रयोग अनुरोध सहित कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गर्न समेत अनुरोध गरेका छन ।