नवोदयले अन्तर सहकारी संबन्धमा जोड दिने

नवोदयले अन्तर सहकारी संबन्धमा जोड दिने

10933154_583779415057580_1704695325_n

कपन अनलाइन\पुस २५, २०७१
कपनको नवोदय बहुउद्धेश्यीय सहकारी संस्थाले अन्तरसहकारी संस्था संवन्धलाई ठोस रुपमा अघि बढाउने भएको छ ।राजधानीमा चार हजार भन्दा बढिको संख्यामा सहरकारी संस्थाहरु रहे पनि एकै कार्यक्षेत्र भएका अत्यन्त नजिकका सहकारी संस्थाहरु बीचमा पनि सहार्य नभइरहेको सन्दर्भमा संस्थाले यसको शुरुवात गर्ने जनाएको हो ।
गत हप्ता  सरस्वतिनगरमा संम्पन्न संस्थाको सातौं वार्षिक साधारणसभा तथा चौथो अधिवेसनमा छिमेकी संस्थाका प्रतिनिधिहरुले समेत अन्तरसहकारी सम्बन्धमा प्रतिवद्धता जनाएका हुन् । कार्यक्रममा डिभिजन सहकारी कार्यलय, जिल्ला सहकारी संघ लगाएतका विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरुको उपस्थिति थियो ।
सिन्धुपाल्चोक जन्मस्थलो भइ काठमाडौंमा वसोवास गरिरहेका वासिन्दाहरुको बाहुल्यता रहेको संस्थाले साना तथा मझौला प्रकृतिका व्यवसाय प्रवद्र्धनमा जोड दिदै आएको छ । कार्यक्रममा जिल्ला सहकारी संघका सदस्य सिपी आचार्यले सहकारी संस्थाका कारोवारलाई पारदर्शि ढंगले अगाडि बढाउनुपर्नेमा बताएका थिए  । त्यसैगरी कपनकै सिर्जनशिल बचत तथा ऋण सहकारी संस्थाका रामप्रसाद नेपालले संस्थालाई शुभकामना दिदै सहकारी संस्थाका सदस्यहरुको उद्यमशिलतामा जोड दिएका थिए। ‘

तपाइँको प्रतिक्रिया ।