गोकर्णेश्वर नगरपालिका वडा नं ७ मा अत्यावश्यक सेवा बाहेकका सेवा बन्द

गोकर्णेश्वर नगरपालिका वडा नं ७ मा अत्यावश्यक सेवा बाहेकका सेवा बन्द

कपन अनलाइन

काठमाडौं, वैशाख १८।  गोकर्णेश्वर नगरपालिका वडा नं ७ ले सार्वजनीक सुचना जारि गरेको छ।  वडा अध्यक्ष केशब गुरुङ द्वारा जारी गरेको उक्त स्चुहना मार्फत विश्व भर फैलिरहेको नया भेरियन्टको कोभिड-१९ को महामारी काठमाडौं उपत्यका सहित देश भर फैलदो क्रममा रहेको र नेपाल सरकारले काठमाडौं उपत्यका  भित्र मिति २०७८ साल बैशाख १६ गते देखि लागु हुने गरि अर्को व्यवस्था नभए सम्मका लागि  गोकर्णेश्वर नगरपालिका वडा नं ७ बाट प्रवाह गरिने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु बन्द गरिएको जानकारी गराइएको छ ।साथै निषेधाज्ञा जारी गरेको सन्धर्भमा सम्पूर्ण वडाबासीमा अत्यावश्यक काम बाहेक घर बाहिर ननिक्लिन, घरमै बसी कोरोना बिरुद्दको संघर्षमा एकजुट हुनुको साथै कोभिड पोजेटिभ देखिएमा अनिवार्य रुपमा निम्न अनुसारको सम्पर्क नम्बरमा बिवरण टिपाउनु/ उपलब्ध गराउन अनुरोध गरिएको छ ।

सम्पर्क नम्बर:

१) हरि प्रसाद उपाध्यय :९८४१३९१०००

२) केशब गुरुङ (वडा अध्यक्ष ): ९८५१०३०६९२ ।

तपाइँको प्रतिक्रिया ।