टोखा र बौद्धमा दुई जनाको लाश फेला पर्यो

टोखा र बौद्धमा दुई जनाको लाश फेला पर्यो

कपन अनलाइन

काठमाण्डौ ,बैशाख १८।

निषेधाज्ञाको दोस्रो दिन बैशाख १७ गते टोखा र बौद्धमा दुई  जनाको लाश फेला परेको छ ।

टोखा नगरपालिका–५ श्रीटोल डेरा गरी बस्ने रामेछापको मन्थली नगरपालिका–१० की २२ वर्षीया लक्ष्मी घिमिरे आज कोठामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

त्यस्तै, बौद्धमा पनि एक जना मृत अवस्थामा भेटिएका छन् । प्रहरीका अनुसार बौद्ध टुसाल बस्ने ५६ वर्षीय छिरिङकुमार लामा सोही ठाउँस्थित एक टहरामा मृत अवस्थामा फेला परेका हुन् ।

 

तपाइँको प्रतिक्रिया ।