गोकर्णेश्वर नगरपालिकाले मनोविमर्श सेवा प्रदान गर्ने

गोकर्णेश्वर नगरपालिकाले मनोविमर्श सेवा प्रदान गर्ने

कपन अनलाइन

काठमाडौं, बैशाख १८ । गोकर्णेश्वर नगरपालिकाले मनोविमर्श सेवा प्रदान गर्ने भएको छ। नगरपालिकाले सार्वजनिक सुचना  जारि गर्दै उक्त कुराको जानकारी गराएको हो। शाखा अधिकृत टंकनाथ घिमिरेले जारी गरेको सुचनामा  कोभिड १९ लगायतका कारणले गर्दा मनोवैज्ञानिक संकट अत्याधिक तनाब, नकारात्मक सोचको विकास र व्यवहारमा अवान्छित परिवर्तन भएमा नगरपालिकामा कार्यरत मनोविमर्शकर्ता सुस्मिता कुइकेल लाइ  (सम्पर्क नं: ९८६१७७८१५० मा) सम्पर्क गरि मनोविमर्श सेवाको लाभ लिन नगरबासीलाइ अनुरोध गरिएको छ ।सम्पर्क समय बिहान १० बजे देखि अपरान्ह ५ बजे सम्म  रहेको उल्लेख गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।