लकडाउनमा समस्या भए CCMC को टोल फ्री नम्बर ११४० मा कल गर्नुहोस !
कपन अनलाइन
काठमान्डौ ,बैशाख १६।
दोश्रो चरणको लकडाउनका समयमा कुनै पनि आपतकालीन सेवा लिनुपरेमा सिधै ११४० मा सम्पर्क गर्न सकिने CCMC ले जानकारी दिएको छ।
उपप्रधानमन्त्री एवं सीसीएमसीका संयोजक ईश्वर पोखरेलको निर्देशन बमोजिम गुनासा, उजुरी तथा सुझावको तत्काल कार्यान्वयन गर्ने गरी सीसीएमसीले संयन्त्र निर्माण गरेर पैसा नलाग्ने टोल फ्री नम्बरको व्यवस्था गरिएको हो।
हप्ताको सातै दिन २४ घण्टा नै सेवा प्रदान गर्न सो नम्बरको व्यवस्था गरिएको छ भने विदेश जाने र विदेशबाट आउनेले सीसीएमसीको वेभसाइट ccmc.gov.np मा गएर फारम भर्न सकिने छ।
तपाइँको प्रतिक्रिया ।