२८ औं विश्व अपाङ्गता दिवस २०१९ को अवसरमा अन्तर मा.बि. वक्तृत्वकला प्रतियोगिता सम्पन्न

२८ औं विश्व अपाङ्गता दिवस २०१९ को अवसरमा अन्तर मा.बि. वक्तृत्वकला प्रतियोगिता सम्पन्न

कपन अनलाइन

काठमाडौं, मंसिर १६  । २८ औं विश्व अपाङ्गता दिवस २०१९ को अवसरमा मेरुदण्डिय पक्षघात समुह नेपालको मुख्य आयोजनामा अन्तर मा.वि (कक्षा ११, १२) वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

उक्त कार्यक्रमका लागि गोकर्णेश्वर र कागेश्वरी मनोहराका प्याप्सन र एन प्याप्सन नगर समितिले सहकार्य गरेका थिए ।
“अपाङ्गता मैत्री समाज निर्माणमा हाम्रो दायित्व” शीर्षक विषयमा सम्पन्न उक्त वक्तृत्वकला प्रतियोगितामा निजी तथा सामुदयिक गरी १२ वटा विद्यालयको सहभागिता रहेको थियो ।

संस्थाका संस्थापक अध्यक्ष ऋषिराम ढकालको सभाध्यक्षता रहेको सो कार्यक्रमको उद्घाटन कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख कृष्णहरी थापा र समापन गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसेले गरेका थिए ।

सो कार्यक्रमको  संचालन  संस्थाकै सचिव तथा कार्यक्रम संयोजक कृष्णप्रसाद भण्डारीले गरेका थिए। नेपाल नेत्रहिन संघका केन्द्रिय अध्यक्ष तथा शिक्षक रमेश प्रोख्रेल साहित्यकार तथा झंकार कला केन्द्रकी संस्थापक आश्मा अर्याल र साहित्यकार ललिता र्दोषीले निर्णायक मण्डलमा रही सहयोग पुर्याएका  थिए ।

उक्त कार्यक्रमलाई सम्वोधन गर्दै मेयर थापाले अपाङ्गता मैत्री समाज निर्माणमा  आफनो नगरपालिका र आफू स्वयम् पनि प्रतिबद्ध रहेको बताएका थिए

सो कार्यक्रममा गोकर्णेश्वरका मेयर सन्तोष चालिसेले आफ्नो क्षेत्रमा अपाङ्तासँग नजिक रहेर काम गर्ने संघसंस्थाहरु प्रशस्त भएकोमा आफुलाई गर्वसगै जिम्मेवारीवोध पनि भएको कुरामा विशेष जोड दिएका थिए।

उत्त कार्यक्रमा गोकर्णेश्वर नगरपालिकाका वडा कार्यालय ६ का कार्यबाहक अध्यक्ष नवरज लामा, आकासदिप मा.वि का प्रिन्सिपल मदन सुवेदी, भेनस पब्लिक स्कुलका निर्देशक मोहन अधिकारी, खगेन्द्र विशेष शिक्षा माध्यमिक विद्यालयका प्रिन्सिपल राघव दवाडी लयायतको सम्बोधन रहेको थियो ।
उक्त वक्तृत्वकला प्रतियोगितामा बज्र इन्टरनेश्नल कलेजकी मिनु तामाङ, चामुण्डा माविकी रुपा पहाडी र आकासदीप विद्यालयका राम अधिकारीले क्रमश. प्रथम द्धितीय र तृतीया स्थान हासिल गरेका थिए । विनसम इङ्लिस स्कुलका कविराज काफ्ले र भेनस पब्लिक.स्कुलकी थोकर पेमा तामांगले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए ।
सो वक्तृत्वकलामा विजयी तथा सहभागि विद्यार्थी र विद्यालयलाई मेयर सन्तोष चालिसेले शिल, मेडल, प्रमाण पत्र र नगद पुरस्कार वितरण गरेका थिए भने  संस्थाका महासचिव केशव थापाले स्वागत मन्तब्य राखेका थिए।

प्रथम दित्तिय तृत्तिय र सान्त्वनामा छानिएका ५ जना बाहेक अन्य सहभागीहरुलाइ पनि सहभागिताको प्रमाण पत्र दिइएको उक्त कार्यक्रममा विद्या विकास कलेज , चाल्र्स डार्विन स्कुल, सहयोगी मा.वि, बौद्ध इन्टरनेशनल स्कुल, समता शिक्षा निकेतन, सेलेब्रेसन स्कुल , एकता जेम्स लगायतका स्कुल कलेजहरुबाट पनी उत्कृष्ट प्रस्तुति रहेको निर्णायक मण्डलको दावी थियो । उक्त कार्यक्रमका लागि प्याप्सन र एनप्याप्सन गोकर्णेश्वर नगर समितिहरुले ट्रफि, मेडल र मायाको चिनोको लागि थिए उक्त कार्यक्रममा संस्थाका महासचिव केशव थापाले स्वागत मन्तब्य राखेका थिए।

 

तपाइँको प्रतिक्रिया ।