शंखरापुर नगरपालिकाको जात्रा पर्व मनाउने सम्बन्धी सार्वजनिक सुचना

शंखरापुर नगरपालिकाको जात्रा पर्व मनाउने सम्बन्धी सार्वजनिक सुचना

कपन अनलाइन

काठमाडौं बैशाख १५ ।शंखरापुर नगरपालिकाले जात्रा पर्व मनाउने सम्बन्धमा सार्वजनिक सुचना जारी गरेको छ । नगर प्रमुख सुवर्ण श्रेष्ठले जारी गरेको  उक्त सुचनामा कोभिड १९ को संक्रमण  अत्याधिक रुपमा बढ्न  गएको कारणले शंखरापुर नगरपालिका भित्र  मनाइने बज्रयोगिनी जात्रा नियमित रुपमा नित्य पुजा अर्चनाका लागि मात्र साँखु भित्र साबधानी पुर्वक मनाउन आवश्यक अपनाउनु पर्ने मापदण्ड सम्बन्धि मिति २०७८ बैशाख १२ गतेको आकस्मिक बैठकको निर्णय अनुसार निम्न मापदण्ड कडाइका साथ पालना गरि जात्रा संचालन गर्न गराउन सम्बन्धित सबैलाई अनुरोध गरिएको छ ।

मापदण्डहरु निम्न रहेको छ :

१) जात्रा समितिले स्वयं सेवाकहरुको सुरक्षा प्रबन्ध मिलाउने।

२) माक्स स्यानिटाईजर अनिवार्य प्रयोग गर्ने भिड भाड नगर्ने।

३) सके सम्म पाहुनाहरु नबोलाउने घर परिवार भित्र मात्र चाड पर्व मनाउने ।

४) पुजाअर्चना  गर्दा सार्वजनिक दुरी कायम गरि गर्ने गराउने।

५) दियो बत्ति बाल्दा अत्याधिक भिडभाड हुने भएकोले त्यस्ता कार्य पूर्ण रुपमा नगर्ने ।

६) अति आवश्यक पसलहरु बिहान ५ बजे देखि १० बजे सम्म र बेलुका ५ बजे देखि ८ बजे सम्म संचालन गर्ने ।

७) जिल्ला प्रशासन कार्यलय काठमाडौंबाट जारी परिपत्र सबैले पालना गर्ने रहेको छ ।

तपाइँको प्रतिक्रिया ।