बुढानिलकण्ठका ११ वडामा कोरोना संक्रमित, दुई वडा सुरक्षित

कपन अनलाइन

काठमाण्डौ ,बैशाख १५।

बुढानिलकण्ठका ११ वटा  वडामा कोरोना संक्रमित देखिएका छन भने दुई वडा हालसम्म सुरक्षित रहेका छन। बुढानिलकण्ठ नगरपालिकाका १ र १३ बाहेक सबै वडामा कोरोना संक्रमित देखिएका छन।

बैशाख १४ गते सम्म १५१ जना कोरोना संक्रमित रहेको नगरपालिकामा वडा नं १० मा सबैभन्दा बढी ३५ जना संक्रमित रहेका छन भने वडा नं १२ मा २० जना रहेका छन।

त्यस्तै वडा नं ९ मा १७, वडा नं ८ मा १९ जना ,वडा नं २ मा १४ जना ,वडा नं ३ मा ९ जना ,वडा नं ४ मा ८ जना ,वडा नं ५ मा ३ जना ,वडा नं ६ मा ४ जना ,वडा नं ७ मा ८ जना र वडा नं ११ मा ९ जना कोरोना संक्रमित रहेका छन ।

 

 

तपाइँको प्रतिक्रिया ।