पुर्वाञ्चल विश्वविद्यालयको प्रश्नपत्र आउट गर्ने १० जना पक्राउ

कपन अनलाइन

काठमाण्डौ ,बैशाख १३।

पुर्वाञ्चल विश्वविद्यालय अन्तर्गत   इन्जिनियरिङ संकाय स्नातक तह दोस्रो सेमिस्टरको भौतिक शास्त्र परीक्षाको प्रश्नपत्र आउट गरेको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ । प्रश्नपत्र आउट गरेको आरोपमा परीक्षा नियन्त्रण कार्यालयका विज्ञान तथा प्रविधि शाखाका कर्मचारी र विद्यार्थीसहित १० जनालाई पक्राउ गरेको हो ।

प्रहरीले प्रश्नपत्र आउट गरेको आरोपम पियूका कर्मचारी विराटनगर ८ का ४४ वर्षीय कोमल प्रसाद गौतम, विद्यार्थीहरू संखुवासभाको मादी नगरपालिका ६ का ३५ वर्षिय गोपाल कार्की, रुपेन्देहीको तिलोचन नगरपालिका १२ का ३० वर्षिय विजय पोखरेल, गोर्खाको भिमसेन थापा गाउँपालिका १ का ३२ वर्षिय मिनप्रसाद भट्ट, गण्डागी गाउँपालिका ३ का ३१ वर्षिय भरत पन्त, सोही गाउँपालिका २६ वर्षिय विकास खड्का, सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ४ का २९ वर्षिय नानिपथ मण्डल, सप्तरी वोदेवरसाईन नगरपाकिला ७ का २९ वर्षिय जीवन कुमार यादव र सप्तरीको अग्नीसायर कृष्णसवरण गाउँपालिका ५ घर भइ भक्तपुर लोकन्थली बस्दै आएका २६ वर्षिय महेश यादवलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका मध्ये कार्की विद्यार्थी नेता हुन् ।

उनले पियुका कर्मचारी गौतमलाई लाखौं रुपैयाँ मोटो रकम दिने मौखिक सम्झौता गरि प्रश्नपत्र आउट गरेको मोरङ प्रहरीको प्रारम्भिक चरणको अनुसन्धानबाट खुल्न आएको छ । ‘कार्की पियूका पूर्व विद्यार्थी पनि हुन्,’ मोरङ प्रहरीका एसपी सन्तोष खड्काले भने, ‘कर्मचारी गौतमलाई मोटो रकम दिने सहमति गरेपछि प्रश्नपत्र आउट गरेको प्रराम्भिक चरणको अनुसन्धानबाट खुलेको छ ।’ कार्कीले पनि पक्राउ परेका इन्जिनियरिङ अध्ययन गर्ने विद्यार्थी विजय पोखरेलसँग ८० हजार रुपैयाँ लिएपछि आउट भएको प्रश्नपत्र बिक्री गरेका थिए । त्यसपछि विजयले अन्य पक्राउ परेका विद्यार्थीहरूसँग १० देखि २० हजार रुपैयाँ लिएको प्रराम्भिक चरणको अनुसन्धानबाट खुल्न आएको एसपी खड्काले बताए ।

उनीहरूले कति जनासँग पैसाँ लिएर एकमुष्ट रकम लिए त्यो खुलिसकेको छैन । अहिले अनुसन्धानको क्रममा रहेकोले पछि खुल्दै जाने एसपी खड्काले बताए । पक्राउ परेका मध्ये ८ जना इन्जिनियरिङ संकाय स्नातक दोस्रो सेमिस्टरका विद्यार्थी हुन् । कार्की विद्यार्थी नेता र गौतम पियुका कर्मचारी हुन् ।

तपाइँको प्रतिक्रिया ।